युएई पुगेका परियार बिचल्लीमा-

राजकुमार ओली। बिर्तामोड
बिर्तामोडको एक मेनपावरबाट युएइ गएका मिलन परियार दुई हप्ताबाट भोकै रहेको बताएका छन्।

दुई महिनाअघि बिर्तामोडको लाइन्स रिक्रुटमेन्ट म्यानपावरबाट युएई गएका झापा मेची नगरका मिलन परियार ले आफू दुई हप्ताबाट भोकै रहेको र मेनपावरले समेत बेवास्ता गरेको बताएका हुन्।

युएइमा दुई महिना अगाडि गएका परियारले आजसम्म तलब पनि नपाएको र आफू बिरामी हुँदा समेत औषधि उपचार र खान नदिएको पूर्व खबरलाई बताए।

परियारले युएई जानको लागि १ लाख ७५ हजार रुपैयाँ मेनपावरलाई बुझाएको र आफूलाई स्टिल पिक्चरमा काम लगाउने सहमति भएपनि हाल प्लम्बरमा काम लगाइरहेको र काम गर्न धेरै गाह्रो भएको पीडित परियारले जानकारी दिए।
आफूलाई राम्रो काम भनेर १ लाख ७५ हजार रुपैयाँ लिएको तर भनेको काममा नलगाएको साथै फ्री भिसा मा पठाएर आफूलाई अन्याय गरेको पीडितका ससुरा राजु योगीले बताएका छन्।

मेनपावरका सञ्चालक हुँ भन्ने सविन कटुवाललाई टेलिफोन सम्पर्क गर्दा आफूले परियारलाई युएइ पठाएको र १ लाख ४५ हजार मात्रै लिएको र भनेकै काममा पठाएको तर कुनै समस्या भए आफूले कम्पनीमा सजीकरण गर्ने जानकारी दिएका छन्।
पीडित भनिएका परियारले आफूलाई काम गर्न गाह्रो भएकोले नेपाल आउन खोजेको तर उनीलाई सम्पूर्ण समस्याको बारेमा आफूले सहजीकरण गर्न खोजेको सञ्चालक कटुवालले बताए।
आफूले काम गर्ने कम्पनी समेत मा केही तनाव भएको र काम गर्ने वातावरण नभएको परियारको दाबी छ। तर सञ्चालक कटुवाल भन्छन् कम्पनीमा केही समस्या भए हाम्रो मेनपावरले सहजीकरण गर्छ आत्तिनु पर्दैन
दुई हप्ताबाट आफू बिरामी भएको र खान नपाएको गुनासो मेनपावरलाई गरेपछि पनि आफूलाई कुनै सुनवाई नभएको पीडितहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array