युवाले राजनितीमा हस्तक्षेप नगरेसम्म नेपाली राजनितीमा परिवर्तन असम्भव …राजेन्द्र लिङदेन

युवाले राजनितीमा हस्तक्षेप नगरेसम्म नेपाली राजनितीमा परिवर्तन असम्भव भएको पुर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताउनुभएकोछ ।
शनिवार साँझमा झापाको भद्रपुरमा भद्रपुर जेसिसको पदभार ग्रहण तथा पद हस्तान्त्ररण कार्यक्रमलाइ सम्वोधन गर्नुहुदै लिङदेनल जेसिसले राजनितीमा वितृष्णा पैदा गर्ने काम गरिरहेकोले तुरुन्तै यो कदम बन्द गर्न समेत सुझाव दिनुभएको छ ।

शनिवार साँझ भद्रपुर जेसीज २०२४ को नेतृत्वले शनिबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको हो
भद्रपुरको होटल सिभान्समा आयोजित भव्य समारोहका बीच सन् २०२४ का अध्यक्ष टिकाराम पाण्डे दीपक–सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हाल्नुभएको हो ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेले सन् २०२४ का अध्यक्ष पाण्डेलाई आफूले लगाएको जेसीज चेन पहिर्याएर पद हस्तान्तरण गर्नूभएको छ । भद्रपुर जेसीजका पूर्व अध्यक्षहरुले जेसी न्यौपानेको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष जेसी पाण्डेको गलामा पहिर्याइदिएका थिए ।
निर्वाचन समितिका संयोजक भद्रपुर जेसीजका पूर्व अध्यक्ष जेसी अभिषेक ढुंगानाले निर्वाचित पदाधिकारीहरुको घोषणा गर्नुभएको कार्यक्रममा
नवनिर्वाचित कार्यकारी उपाध्यक्ष अभिषेक प्रधान र रविन कार्की तथा उपाध्यक्षहरु हेडम्बराज निरौला, सुरज श्रेष्ठ, आदित्य दास र भूपाल घिमिरेले पनि पदभार सम्हालेका छन् भने नवनिर्वाचित अध्यक्ष पाण्डेले बोर्डका अन्य पदाधिकारी, सदस्य र विभिन्न समितिका संयोजकहरु मनोनित गर्नूभएको छ । त्यस्तै अध्यक्ष पाण्डेले महासचिवमा सरोज ढकाल र सचिवमा शेखर बुढाथोकीलाई जिम्मेवारी दिनुभएको छ । ।

सो अवसरमा भद्रपुर जेसीजले भद्रपुर क्षेत्रमा बसेर सामाजिक तथा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका शिक्षासेवी, समाजसेवी भद्रपुर–९ निवासी विष्णुप्रसाद शिवाकोटीलाई वर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेको छ । समारोहका प्रमुख अतिथि लिङदेन, प्रदेशसभा सदस्य छविलाल चूडाल, भद्रपुर नगरपालिकाका प्रमुख एवम् भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीलगायतले शिवाकोटीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो
भद्रपुर जेसीजको यो ४८ औं पदस्थापन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array