रबिन खरेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन

नेपाल खेलकूद महासंघ झापाको दोस्रो अधिवेशन झापाको बिर्तामोडमा नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको छ । शनिवार (आज) बिर्तामोडमा भएको अधिवेशनले रबिन खरेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शुक्रराज भण्डारी र महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सतिवमा तुलसी कार्की, उप–सचिवमा गणेश कार्की र ए वान केसी र कोषाध्यक्षमा अशिन तामाङलगायत अन्य सदस्यमा चयन भएका छन् ।

महासंघका अध्यक्ष भवानीबरालको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल खेलकूद महासंघका केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज विप्लव घोषको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घोष, नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, एमाले झापा अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेल, महासंघका केन्द्रिय स्थायी कमिटी सदस्य चन्द्र प्रसाई, कोशी प्रदेश अध्यक्ष राजकुमार थापालगायतले शुभकामना राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array