रामचोक वनको बजेट अन्यन्त्रै लगानी गरेपछि स्थानीयवासी आक्रोशित

राजकुमार ओली बिर्तामोड

बिर्तामोड नगरपालिकाले आफ्नो बजेटलाई अन्यत्र लगानी गरेको भन्दै रामचोक सामुदायिक वन ले विरोध जनाएको छ।

झापाकै कान्छो वनका रूपमा पहिचान बनाएको बिर्तामोड २ रामचोकको रामचोक सामुदायिक वन मा आएको ५ लाख बजेट रकामन्तर गरेको विषयमा स्थानीयवासीहरू आकर्षित बनेका हुन्।
बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०, ८१ को बजेटबाट रामचोक सामुदायिक वनमा व्यायामशाला स्थल निर्माणको लागि निर्माणको लागि ५ लाख बजेट निकासा गरेको थियो।
बजेट निकासा गरेपछि वन समितिले लेखनाथ खनालको संयोजनमा निर्माण समिति निर्माण गरेपछि बजेट अन्तै रकामन्तर गरिएको बुझेको वनका अध्यक्ष राजु गौतमले बताए।

बिर्तामोड नगरपालिकाले रामचोक वनमा आएको पाँच लाख रुपैयाँ बजेट बिर्तामोड २ को दुर्गा मन्दिर प्रवेश गर्ने बाटोमा पेबर्स हाल्ने गरी बजेट सारिएको हो।
तर आफूहरूसँग कुनै सल्लाह नगरी आफूहरूको बजेट अन्यन्त्रै लगानी गरिएपछि रामचोक सामुदायिक वनका स्थानीयवासीहरू ले गुनासो गरेका छन्।
आफूहरूसँग कुनै सल्लाह नगरी वनको बजेट मन्दिरमा हालिएको प्रति स्थानीयवासीहरूले आक्रोश पोखेका छन्।
बिर्तामोड २ का वडा अध्यक्ष किशोर पौडेलले आफ्नो वडाको रामचोक सामुदायिक वनको बजेट आफ्नै वडाको दुर्गा मन्दिरमा लगानी गरिएको जानकारी गराउँदै नगरपालिकाले रामचोक सामुदायिक वनमा पाँच करोड लागतको डिपिआर सम्पन्न गरी कोशी प्रदेश सरकारबाट बजेट माग गरेको र सभामुख देवराज घिमिरे को सचिवालय बाटो समेत बजेट आउने सम्भावना देखेपछि आफूहरुले वनको बजेटलाई मन्दिरमा लगानी गरिएको जानकारी दिनुभएको छ।।
आफूहरूले कुनै नियत बस नगरी रामचोक सामुदाय वनको सुन्दर भविष्यको कामना गर्दै ५ करोडको बजेट माग गरिएको र यो आर्थिक वर्षको ५ लाख बजेट लगानी गरिए पनि पछिल्लो डिपिआर बमोजिम बन्ने व्यायामशाला भत्काउनुपर्ने अवस्था आउन सक्ने भएकोले यो बजेटलाई मन्दिर जाने सडकको मर्मतमा लगानी गरिएको अध्यक्ष पौडेलले पूर्व खबरलाई बताउनुभयो।
झापाकै कान्छो वनको पहिचान बनाएको र राम्रो सम्भावना बोकेको यो रामचोक वनको भविष्यलाई नियाल्दै बिर्तामोड नगरपालिकाले आउने दिनमा सुन्दर पार्क सहितको वन बनाउन पहल थालिएकोले रामचोक बासीहरूलाई आक्रोशमा नआउन र सबै मिलेर रामचोकको वनलाई सुन्दर र हरियाली बनाउन आफ्नो भूमिका महत्वपूर्ण हुने नगरप्रमुख पवित्रा महतरा प्रसाई ले पूर्वखबरलाई जानकारी दिनुभएको छ। सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशका अध्यक्ष तुलसी संगौला। ले आफूहरूले यो वनलाई नजिकबाट नियालिरहेको र वन मन्त्रालयसँग सहकार्य गर्दै यो वन लाई टुरिजमसँग जोडेर भविष्यको परिकल्पना गरिएकोले बिर्तामोड नगरपालिकाले कुनै नियतवश काम नगर्नेमा आफू आशावादी रहेको बताउनुभएको छ। आफूहरूले समेत यो रामचोक सामुदायिक वनलाई लगानी गर्ने वातावरणको ग्यारेन्टी गर्न लागि परेको अध्यक्ष संगौलाले पूर्व खबरलाई बताए। करिब दुई हेक्टर जमिनमा फैलिएको यो रामचोक सामुदायिक वन बिर्तामोडको लागि महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्ने देखिएको छ। विगतमा केही माफियाहरुले यो वनलाई आफ्नो सम्पत्ति बनाउन खोजिए पनि स्थानीय बासीहरूको पहलमा बचाउन सकिएको स्थानीय अगुवा भोला धितालले जानकारी दिँदै यो कान्छो वनलाई सबैले साथ दिनुपर्ने दायित्व रहेको बताउनुभएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array