रौतहटमा कर्फ्यु: दुईटा गाडीमा भयो आग्जनी

गौर, रौतहट, फागुन ९  : जिल्ला प्रशासन कार्यालय रौतहट ले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
गौरमा दुई समुदायबीच पुनः विवाद चर्किएर झडपको अवस्था सिर्जना भएपछि प्रशासनले दिउँसो १ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कर्फ्यू लागू गरिएको छ।
यसअघि बिहीबार राति भएको सामान्य विवादले उग्ररूप लिँदै शनिबार विभिन्न स्थानमा आगजनी तथा तोडफोडका घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार शनिबार मात्रै दुई वटा स्कारपियो गाडीमा आगजनी गरिएको छ। गौर नगरपालिका–४ स्वर्णामाईमा भारतीय नम्बर प्लेट भएको एउटा स्कारपियो जलाइएको छ भने राजगढ नगरपालिका–९ बैरियामा अर्को स्कारपियोमा आगजनी गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार