स्वतन्त्र ब्याबसायिक प्यानलको उमेद्दवारी घोसणा

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ ।

अतिथि सदनमा आज आयोजित एक कार्यक्रमका बीच स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको हो ।

घोषणा गरिएका पदहरुमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्षमा गंगा मैनाली, वाणिज्य उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल रहनुभएको छ ।

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी उम्मेदवार बन्नु भएको छ ।

त्यस्तै, खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रिता चौधरी, अमिर खानले उम्मेदवारी दिने भएका छन् । महिला सदस्यमा भने चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहने भएको छ । घोसणा सभालाइ नेकपाएमालेका केन्द्रीय सदस्य दिपक कार्कि, कोशि प्रदेस सचिवालय सदस्य, पुर्व मन्त्री एकराज कार्कि, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोख्रेल, लगाएत, अध्यक्ष का उमेदबार अर्जुन मैनालिले आफ्नो शुभकामना मन्तब्य राख्दै अव को निर्वाचन, कुनै पनि हालतमा ब्याबसायीको हितमा काम गर्ने बताउनु भएको छ । बाइट, , , , गत मगलंबार लोकतान्त्रीक समुहले राजु न्यौपानेको नेत्रुत्वमा प्यानल को टिम घोसणा गरेको छ, आउने फाल्गुन १४ गते हुने निर्वाचन मा सङ्घका ६ हजार ४ सय जनाले मतदान गर्दैछन,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array