राजकुमार ओली बिर्तामोड
बिर्तामोडमा सातौं नेवारी खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेवा: पासा मुना पुच: बिर्तामोडले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रम नेवारी खानाको प्रवर्द्धन, मौलिक संस्कारको संरक्षण, र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले गरिएको हो।
नेवारी खाना महोत्सवम नेवारी खानाका परिकारहरु बफ छोइला, बफ म:म, सपु म्हिचा, यमरी, सादा बारा, सेलरोटी, खाबो फ्राई, स्याफाले लगायतका नेवारी परिकारहरूको विभिन्न स्टलहरू राखिएको थियो।
बिर्तामोडका विभिन्न खाजा घर तथा होटलहरूले खानाको स्टल राखेका थिए।
सही समारोहमा सांस्कृतिक प्रस्तुति हरू समेत का साथमा ठाकठुके नृत्य, धिमे नृत्य, बाध्यबाधन, कथक नृत्य जस्ता परम्परागत प्रस्तुति गरिएको थियो।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको खाना महोत्सवमा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ नेवा: समाज समिति काकडभिट्टाका अध्यक्ष कमल गुवाजु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
खाना महोत्सवलाई बिर्तामोड नगरपालिका, बिर्तामोड उद्योग वाणिज्य संघ, विभिन्न सहकारी तथा बैंकहरू ले आर्थिक सहयोग गरेका थिए भने भाषा र संस्कृति संरक्षणका लागि लाखे नाच, धिमे नाच, बाजा, मौलिक खाना प्रशिक्षण, सुकुल भोज लगायतका कार्यक्रमहरू आयोजना गरिएको अध्यक्ष दिनेश शाक्यले बताए ।
कार्यक्रममा कार्यक्रम संयोजक तारामणि श्रेष्ठ द्वारा औचित्य पारेको थिए भने सचिव मिलन शाक्य द्वारा कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो
यो महोत्सवले नेवारी खानाको प्रवर्द्धन मात्र नभई, नेवार समुदायको पहिचान र सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने महत्वपूर्ण भूमिका खेलेको छ।





