पाँच तला सुविधा सम्पन्न घर, होटल सञ्चालकले हडप्न खोजेको घरधनि श्रेष्ठको आरोप

होटल हिकोला हेरिटेज भएको पाँच तला सुविधा सम्पन्न घर होटल सञ्चालकले हडप्न खोजेको घरधनि विष्णुमाया श्रेष्ठ दाहालले आरोप लगाएकी छन् ।

सोमबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा होटल हिकोला हेरिटेजका घरधनि विष्णुमाया श्रेष्ठले होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई सो आरोप लगाएकी हुन् ।

वास्तविक घटना यस्तो थियो । २०७४ पुस २४ गते होटल सञ्चालनका लागि बिर्तामोड निवासी श्रेष्ठलाई घरधनि मेचीनगर–६, काँकरभिट्टा निवासी श्रेष्ठ र उनका पति पशुपति दाहालले १५ वर्षका लागि मासिक दुई लाख २५ हजार भाडा लिने गरी सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार होटल सञ्चालकले घरधनिलाई ५ लाख पेश्की दिएको देखिन्छ । उक्त पेश्की मासिक भाडामा काटिदै जाने उल्लेख छ । यसअघि सो होटल घरधनिले सञ्चालन गरिरहेका थिए । त्यहाँ भएका सबै सामान पछि होटल सञ्चालन गरिरहेका देवीभक्त श्रेष्ठलाई छाडिएको थियो । १५ वर्षपछि होटल जसरी चलिरहेको थियो त्यसरी नै छाड्नु पर्ने छ ।

अपुरो घरलाई मर्मत गर्दा लागेको होटल सञ्चालकको खर्चलाई घरधनिले व्यहोर्ने सहमति भएको छ । बार्षिक २÷२ वर्षमा ५ प्रतिशतले भाडा बढ्ने सहमति भएको थियो । उक्त सम्झौतामा घरधनिलाई दोस्रो पक्ष र होटल सञ्चालकलाई पहिलो पक्ष भनिएको थियो ।

त्यतिखेर सम्झौता गर्दा घरधनिलाई दोस्रो पक्ष र होटल सञ्चालकलाई पहिलो पक्ष राखेर गरिएको सम्झौता ठिक नभएको भन्दै घरधनिले आपत्ति जनाएका थिए । त्यहिँबाट दुई पक्षबीच विवाद सुरु भएको हो ।

त्यसपछि घरधनिलाई चित्त नबुझेपछि मेची उद्योग बाणिज्य संघमा पहिलो पटक २०७५ फागुन २२ गते वैठक बसेको थियो । सो वैठकले संघका तत्कालिनका अध्यक्ष विजय डालमियाको संयोजकत्वमा डिल्लीराम घिमिरे, रविचन्द्र नेपाल, माधव अर्याल राम तामाङ, राजु दाहाल र सुरेन्द्र बुढाथाकीको समिति बनिएको थियो ।

समितिले २०७५ चैत २५ गते, २०७६ बैशाख १३ गते, जेठ २४ र ३० गते, कात्तिक ४ गते, २०७६ मंसिर १ गतेको वैठकले होटल सञ्चालकको खर्च यकिन गर्न विज्ञ खटाउने र कोभिड–१९ मा भएको भाडाका विषयमा छलफल गर्ने सहमति भएको थियो ।

२०७९ असोज २४ गते घरधनिले होटल सञ्चालकले भाडा नदिएको भन्दै मेचीनगर–६ नम्बर वडा कार्यालयमा छलफल गरी घरखाली गरी पाउँ भनि निवेदन दिएका थिए ।

त्यस्तै घरधनिले २०८० बैशाख २९ गते मेची उद्योग बाणिज्य संघमा यसअघिका सम्झौता भंग गरी घरखाली गरी पाउँ भनि निवेदन दिएका थिए । त्यसपछिका अध्यक्ष खेमराज प्रसाई संयोजकत्वमा पुरानै समिति यथावत थिए । समितिको १६ पटकको छलफलपछि २०८० असार २ गते १३ औँ वैठकको निर्णय होटल सञ्चालकले अस्वीकार गरेपछि मुद्वा जिल्ला प्रशासन कार्यालय झापामा पुगेको थियो ।

प्रशासनले मुद्वा मिलाउन समितिलाई पठाएको थियो । त्यसपछि समितिको २०८० असोजमा बसेको वैठकले होटल सञ्चालकलाई घर मर्मत गरे वापत एक करोड ६० लाख, कोभिडको ७ महिनाको घरभाडा छुट घरधनिले तिर्नु पर्ने र घरमर्मतको खर्च मासिक भाडामा ५० प्रतिशत घट्दै जाने निर्णय भएको थियो ।

त्यस्तै होटल सञ्चालकले घर छाड्नु परे एकवर्ष अगाडि जानकारी गराउनु पर्ने र त्यस वापतको एक वर्षको घरभाडा होटल सञ्चालकलाई छुट गर्नु पर्ने निर्णय भएको थियो । उक्त निर्णय दुवै पक्षले सहमति जनाएका छन् ।

उक्त निर्णयको सहमति गरेको भोलि पल्ट होटलको ४ वटा एसी, कुर्सी लगायतका केहि महत्वपूर्ण सामान होटल सञ्चालकले घर लगेको घरधनिले समितिलाई उजुरी गरेको थियो । घरधनिले घरखाली गर्ने सूचना २०७९ असोज २४ गते जानकारी गराएको थियो ।

घरधनिले मेचीनगर नगरपालिकाको न्यायिक समितिमा २०८० माघ २२ गते फेरि घरखाली गराइपाउँ भनी निवेदन दर्ता गरेको थियो । नगरपालिकाले सो विषयमा छलफल गर्न २ पटक बोलाउँदा समेत होटल सञ्चालक आएनन् ।

नगरपालिकाले २०८० माघ २४ गते पनि होटल सञ्चालकलाई बोलाउँदा नआएपछि स्थानीयबासीले दलबलसहित घरधनिलाई होटलमा पसाएका थिए ।

त्यसपछि २०८० माघ २६ गते नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीको उपस्थितिमा छलफल गरी बाणिज्य संघका अध्यक्ष प्रसाईको संयोजकत्वमा डिल्लीराम घिमिरे, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौला र होटल व्यवसायी मानबहादुर गिरी सदस्य रहने गरी समिति गठन गरिएको थियो । सोही दिन राति होटल दुवै पक्षको सहमतिमा ताला लगाइएको थियो ।

समितिले माघ २८ गते ताला खोलेर छानविन गरिरहेको अवस्थामा होटलमा यसअघि बसेको गेष्टका विषयमा होटल सञ्चालक देवीभक्तका छोरा गौरव श्रेष्ठसँग सामान्य विवाद भएको थियो ।

गेष्टको सामान होटलमा छुटेको थियो । उक्त सामान प्रहरी, होटल सञ्चालकलाई जानकारी गराएर बाणिज्य संघका अध्यक्ष प्रसाईले सुरक्षित राखेका थिए । भोलि पल्ट गेष्टलाई सामान दिइएको थियो ।

गेष्टको होटलमा पाँच हजार ९ सय बाँकी रहेको भन्दै होटल सञ्चालक श्रेष्ठले समितिसँग निहुँ खोजेका थिए । श्रेष्ठले समितिका सदस्य मानबहादुर गिरीलाई अपशव्द बोल्दै निहुँ खोजेर भिडियो गरेपछि अध्यक्ष प्रसाईले मोवाइल खोसेर फालेका थिए ।

सोही विषयमा सोमबार संघले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा समितिका संयोजक प्रसाई, पूर्व संयोजक विजय डालमिया, समितिका सदस्य माधव अर्याल, डिल्लीराम घिमिरे, घरधनि श्रेष्ठले लगायतले आ–आफ्नो धारणा राखेका थिए । समितिले एक महिनाभित्र छानविन गरी निर्णय गर्ने गरी कारवाही अघि बढाएको छ ।mechinagarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array