अस्वाभाविक छुवाइलाई इन्कार गर्न, गलत नियतको हेराइको प्रतिवाद गर्ने र दुव्र्यवहारको प्रतिकार गर्न तालिममा सिकाइने बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सहभागीहरुलाई जानकारी गराए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा मन्त्री राईले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताए ।

घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, आफूलाई बचाउने तरिकाबारेमा प्रशिक्षण दिइने अध्यक्ष भण्डारीले बताए ।

अतिथिहरुले प्रशिक्षणका सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागु गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।

जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोग रहेको तालिमको सहजीकरण कराते प्रशिक्षक हरिमाया राई र एलिजा खत्रीले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array