राजकुमार ओली, पुस २९ । राजवंशी समुदायभित्र देखिएको नेतृत्व र संस्थागत आधिकारिकताको विवादले यस वर्षको राष्ट्रिय भाक्का दिवस प्रभावित बनेको छ।
जातीय परिकार भाक्काको संरक्षण र प्रवर्द्धनका लागि विगत नौ वर्षदेखि मनाइँदै आएको भाक्का दिवस यस पटक भने समुदायभित्रकै दुई समूहबीचको टकरावका कारण विवादमा परेको हो।
राजवंशी समाज विकास समितिको आधिकारिकता विषयमा विगत चार वर्षदेखि दुईवटा समानान्तर समिति क्रियाशील छन्। मोरङका सुवन्त राजवंशी नेतृत्वको एक समूह र झापाका अभय राजवंशी नेतृत्वको अर्को समूह आफू–आफूलाई आधिकारिक दाबी गर्दै आएका छन्।
यही विवादका कारण समुदायभित्र एकता कमजोर बन्दै गएको स्थानीय राजवंशीहरूको भनाइ छ।
अभय राजवंशी समूहले विगत केही वर्षदेखि राजवंशी समाज विकास समितिको व्यानरमा प्रत्येक वर्ष पुस २९ गते भाक्का दिवस मनाउँदै आएको थियो।
यस वर्ष पनि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा नवौँ राष्ट्रिय भाक्का दिवस आयोजना गरिएको तर अर्को पक्ष सुवन्त राजवंशी नेतृत्वको समितिले आपत्ति जनाएको छ तर पनि बिर्तामोडको रङ्गशालामा भव्य रुपमा भाका दिवस भव्य रुपमा मनाइएको छ।
सो समूहका जिल्ला अध्यक्ष उत्तम राजवंशीले हालै झापा जिल्ला अदालतले आफ्नो समितिलाई आधिकारिकता दिएको दाबी गर्दै राजवंशी समाज विकास समितिको नाम प्रयोग गरेर कार्यक्रम नगर्न चेतावनी दिएका थिए ।हिजो सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका–३ नम्बर वडा कार्यालयले समेत अनधिकृत कार्यक्रम नगर्न निर्देशन दिएको बताएका छन्।
यता, सुवन्त पक्षकै मोरङ जिल्ला समितिका सचिव रुपेश राजवंशीले कोचिला गाभुर फ्रन्टको व्यानरमा भाक्का दिवस मनाइएमा आफूहरूलाई आपत्ति नहुने स्पष्ट पारेका छन्।
तर अभय राजवंशीले भने सम्पूर्ण तयारी पूरा भइसकेकाले भाक्का दिवस गरेरै छाड्ने प्रतिक्रिया दिएका छन्। उनले आफूहरूले नै संस्थाको आधिकारिकता पाएको दाबी गर्दै यस वर्षको कार्यक्रम अझ भव्य बनाइएको बताएका छन्।
विवादका बीच आज बिर्तामोडस्थित डोमालाल रङ्गशालामा नवौँ राष्ट्रिय भाक्का दिवस मनाइएको हो। जातीय पहिचान र मौलिक संस्कृतिको संरक्षण गर्दै भाक्का दिवस बिर्तामोडसहित शनिश्चरे बजार, भद्रपुरलगायत झापाका विभिन्न स्थानमा पनि मनाइएको थियो।
स्थानीय राम राजवंशीका अनुसार संस्थागत विवादले भाक्का दिवसको गरिमा नै कमजोर बनाएको छ। “समुदायभित्रका आन्तरिक समस्या र टकरावले हाम्रो पहिचान र अस्तित्वमै असर पार्ने खतरा देखिएको छ,”
