बिर्तामोड,२५ माघ, २०८२
झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होईन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहि पनि बहकिने मतदाता पनि नभएको बताए ।
आईतबार कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तिका बासिन्दासँग ओलीले भेटघाट शुरु गर्नु भएको छ । अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरुले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे । स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताउनुभयो । अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरुले अझै केहि समय विश्राम नलिई देश बनाउन उहाँलाई आग्रह गरे । अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफुहरु कसैको कुरा नसुन्ने र ओलीलाई फेरि जिताउने बताएका थिए । अध्यक्ष ओली स्वर्गी खम्बा सिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी हुनु भयो । ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तिमा पुग्ने तालिका रहेको एमाले गाउँकमिटी अध्यक्ष हरी ढकालले जानकारी दिनुभएको छ ।
