गोदावरी ललितपुर, २२ भदौ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको नसहने बताउनु भएको छ । दोस्रो विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रियताप्रतिको अडानलाई पुनः दोहो¥याउनु भएको हो ।
‘मलाई जति सुकै हेपियोस म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पु¥याउन पाइँदैन’, अध्यक्ष ओलीले भन्नुभयो ।
समसामयिक विषयमा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल बारे धारणा राख्दै भन्नुभयो– ‘हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानुन बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।’
सामाजि सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरुले सरकारद्वारा वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेकोमा अध्यक्ष ओलीले आश्चार्य व्यक्त गर्नुभयो । ‘मुलुकको स्वाधिनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहको छ । कानुनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरुले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन््’, उहाँले भन्नुभयो ।
कतिपयले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दको विरुद्ध विद्रोह गराउने भनिए पनि ‘जेनजी पुस्ता’ हेपाहा प्रबृत्तिको विरुद्धमा रहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– ‘कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन । तर जेनजी पुस्ता देशलाई माया गर्छ । देशको कानुन बझ्छ । जेनजी पुस्ता बेथिति र हेपाहा प्रबृत्तिको विरोधी हो ।’
सबै राजनीतिक दलहरुलाई क्षणिक स्वार्थमा नलाग्न आग्रह गर्दै अध्यक्ष ओलीले यो राष्ट्रिय स्वाभिमान र स्वाधिनतासँग जोडिएकाले एकताबद्ध हुन आव्हान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *