मेचीनगर । In ‘इण्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक प्रेस क्लब मेचीनगरले सोमबार आयोजित कार्यक्रममा यही पुस २७ र २८ गते सञ्चालन हुने मिडिया कपको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य तथा पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
भारतका दुई र नेपालका छ गरी आठ पत्रकार टोलीको सहभागिता रहने मिडिया कपको पहिलो दिन पुस २७ गते चार खेल सञ्चालन हुनेछन् । उद्घाटन खेल भद्रपुर प्रेस क्लब र अर्जुनधारा प्रेस क्लबबीच हुनेछ । दोस्रो खेलमा आयोजक मेचीनगर प्रेस क्लब र कन्काई सुरुङ्गा प्रेस क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
त्यसैगरी तेस्रो खेलमा भारत दार्जिलिङको तेराइ प्रेस क्लब र दमक पत्रकार मञ्च आमनेसामने हुनेछन् भने चौथो खेलमा सिक्किम–बंगालको टिम इण्डिया र बुद्धशान्ति प्रेस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेलका अनुसार दोस्रो दिन पुस २८ गते दुई सेमिफाइनल र फाइनल खेल आयोजना गरिनेछ । प्रतियोगिता सफल बनाउन खेल मैदान सम्याउनेलगायतका अन्य व्यवस्थापन कार्य तीव्र रूपमा अघि बढिरहेको उनले बताए ।
प्रतियोगितामा झापा जिल्ला फुटबल संघले प्राविधिक सहयोग प्रदान गरेको छ । मिडिया कपको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सञ्चारकर्मीहरूबीच आपसी सद्भाव बढाउने र सञ्चार माध्यममार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो पटक ‘इण्डो–नेपाल मेचीनगर मिडिया कप’ आयोजना गरिएको आयोजक प्रेस क्लब मेचीनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *