कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
विराटनगरस्थित निर्वाचन कार्यालयमा आज गठबन्धनका तर्फबाट उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्। गठबन्धन अन्तर्गत नेकपा एमालेबाट दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
यस्तै, अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गराएका छन्। गठबन्धनले कोशी प्रदेशमा सहमतिअनुसार उम्मेदवारी तय गर्दै निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएको छ।
