राजकुमार ओली विर्तामोड
समाजसेवी सहकारीको विवाद चांडो मिलाइदिन बचतकर्ता तारादेवि रार्यले अनुरोध गर्नुभएको छ ।
आफुले राजगढ बजारको १ विगाहा जमिन बेचेर विरामीको उपचार गर्न सहकारीमा जम्मा गरेको २० लाख रुपैया फिर्ता नपाएपछि आफु पिडित भएको र सवै निकायहरुमा गुहार माग्दै हिडेको राय बताउनुहुन्छ ।
आफ्नो श्रीमान सुगर प्रेसर अन्य पेट सम्वन्धि रोगबाट थलिएपछि राजगढको १ विगाहा जमिन २५लाखमा विक्री गर्न बाध्य भएको र उपचार गर्न ५ लाख खर्च भएको जानकारी दिदै बाँकी रहेको २० लाख रुपैया आफ्नो ज्वाइ भवानी गौतमका साथी समेत रहेका स्थानिय मोहन बजंगाइले आफु समाजसेवीको राजगढ शाखाको व्यावस्थापक भएको र साढे १३ प्रतिशत मासिक व्याज दिने भन्दै लोभ देखाएपछि शिखर सहकारीमा जमिन बेचेर राखिएको पैसा समाजसेवीमा जम्मा गरिएको राय बताउनुहुन्छ ।
विगतमा मासिक रुपमा नै व्याज समाजसेवीका राजगढ शाखाका व्यावस्थापक बजंगाइले घरमा नै आएर १७हजार रुपैयाका दरले दिदै आएको भएपनि हाल एक वर्ष देखि पैसा पाउन छाडेको प्रहरी तथा प्रशासन गुहार्न बाध्य भएको पुर्वखवरलाइ बताउनुभएकोछ ।
गतहप्ता मात्रै पनि विर्तामोड नगरपालिका तथा जिल्ला प्रशासन कार्यलय चन्दगढीमा समेत लिखित रुपमा जाहेरी दिएकी रायलाइ,विर्तामोड स्थित इलाका प्रहरी कार्यलय अनारमनीमा वसि छलफल गरि केही रुपैया दिने सहमति भएको विर्तामोडका वडा अध्यक्ष किशोर पौडेलले जानकारी दिनुभएको छ ।तर समाजसेवीको विवाद सहकारी रजिष्टांर कार्यलय सम्म पुगिसकिएकोले तत्कालका लागि निर्वतमान अध्यक्ष लक्ष्मण दाहाल र वर्तमान अध्यक्ष नन्द कुमार कुंवरको समितीबाट पिडित रार्यलाइ सापटी स्वरुप २ लाख रुपैया दिएर उपचार खर्च गराउदै गर्न सहमति भएको र विवादका विच सहमतिमा समस्या देखिएको बताउनुभएको छ ।
उक्त समस्या समाधान गर्न निवर्तमान अध्यक्ष लक्ष्मण दाहालले आफु लागिपरेको भएपनि सहज नभएकोले केही समय आर्थिक समस्यामा अल्झिएको बताउनुभएको भने वर्तमान अध्यक्ष नन्द कुंवरले भने आफुलाइ झुक्याएर कोठामा अध्यक्ष बनाएकोले राजिनामा दिन तयार भएको तर बाताबरण नवनेको बताउनुभएको छ ।कुंवरले आफुलाइ २०७९साल पौष २९गते सांझ समाजसेवीको साधरण सदस्य बनाइएको र भोलिपल्ट झापाको राजगढमा एउटा कोठा बसेर अध्यक्ष घोषणा गरिदिएको तर आफुले सहकारी केही पनि नबुझेको कारणले आफुलाइ नमान्दा नमान्दै झुक्याएर डुवेको सहकारीमा अध्यक्ष बनाइदिएर बर्तमान कार्यसमिती भाग्न खोजेको बताउनुहुन्छ ।
आफुलाइ गत २०७९सालको पुष ३०गते भएको भेलाबाट अध्यक्ष घोषणा गरिदिएपनि अध्यक्ष लक्ष्मण दाहालको टिमले आजसम्म कुनै पनि खातापाता ,हरहिसाव तथा वरबुझारत नगरेको कुवंरको दावी छ । सहकारीका बजार व्यावास्थापक मोहन बजंगाइ सगं सम्पर्क राख्दा आफुले कर्मचारी भएको नाताले सस्थांमा बचत गर्न सवैलाइ भन्नु गर्नु आफनो जिम्मेवारी भएको तर आफुले तारादेवि रार्यलाइ नफसाएको बरु सहकारीमा आफनो छोरीले क्यानाडाबाट पठाएको पैसा यही शाखामा नै जम्मा गर्ने गरेको रिन काढेको पैसा समेत ८ लाख रुपैया जम्मा गरेको तर कार्यलय नै बन्द भएको स्थितीमा हाल सम्म तलव समेत नपाएको गुनासो गर्न भएको छ।
मआफु समेत सहकारीको कारणले डुवेको जानकारी दिदै फिक्समा बचत गरेकी रायलाइ अभर पर्दा श्रीमानको उपचार गर्न पर्ने देखिएको स्थितीमा आफन्तसगं सापटी मागेर अध्यक्ष दाहालले अढाइ लाख र आफुले ५०हजार रुपैया बचतकर्ताृ रायालाइ दिएको जानकारी गराउनुभएकोे छ ।
तत्कालिन समयमा पनि समाजसेवी सहकारीका सवै शाखाहरु बन्द अवस्थामा रहेका थिए भने राजगढ शाखा मात्रै सन्चालनमा रहेको थियो ।लक्ष्मण दाहाल सगँ जिज्ञासा राख्दा केन्द्रिय कार्यलय देखि कन्काइ शाखा विर्तामोड शाखा र शनिश्चरे शाखा बन्द गर्न परेकोले साधरण सभा राजगढमा गरिएको र केही समस्या देखिएको भएपनि समाजसेवी सहकारीको विग्रिएको आर्थिक कारोवारलाइ आफु पनि लागेर मिलाउन खोजेको बताउनुभएकोछ ।हाल सहकारीको नाममा करिव ८ करोडको कारोवार भएको देखिन्छ भने बजारमा २ करोड भन्दा धेरै कर्जा लगानी गरिएको र उठाउन पर्ने देखिएको छ। लामो समय बाट कार्यलय बन्द भएपनि शियरधनि तथा बचतकर्ताहरुले तागेता गर्न थालेपनि जिल्ला सहकारी सघं झापाले समेत यो समाजसेवी साकोसको विषयमा गम्भिर भएर हेरीरहेको र बचतकर्ता तथा शियरधनिको रुपैया डुव्न नदिन गृहकार्य गरिरहेको र बर्तमान र निवर्तमान दुवै कार्यसमितीलाइ झिकाएर छलफल जारी राखेको साथै सहकारी रजिष्टार कार्यलय इनरुवाले ले गम्भिर भएर हेरीरहेको सघंका झापा अध्यक्ष गणेश ढकालले पुर्वखवरलाइ बताउनुभएको छ ।
विवादमा तानिएपछि आफुहरुकै अगुवाइमा सहकारीको अडिट गराउन शूरु समेत गरिएको,छानविन समिती बनाएर कार्वाही अघि बढाएको र अवको दिनमा चाडैं नै दुवै कार्यसमिती लाइ राखेर निकास निकाल्ने गरि तयारी गरिएको ढकालले जानकारी दिनुभएको छ। सस्थांमा केही कमजोरी हरु भेटिएकाछन तर शियरधनि र बचतकर्ताहरुको लगानी नडुव्ने गरि गृहकार्य गरिरहेकाछौ सघंका सचिव भानु दगांलले पुर्वखवरलाइ बताउनुभएको छ ।समाजसेवीको समस्याको समाधान अव कार्यलय बन्द गरेर होइन ,कार्यलय सन्चालन गर्दै कर्जा लिएका रिनीबाट ताकेता गर्दै बचतकर्ताहरुको बचत फिर्ता गर्न बाताबरण बनाउन जरुरी देखिएको छ भने केही खराव कर्जाको विषयमा दुवै समितीको सक्रियतामा गम्भिर बन्न र भएको जोखिम लाइ न्युनीकरण गर्न आफुले समेत सुझाव दिएको इलाका प्रहरी कार्यलय विर्तामोडका प्रहरी नाउव उपरिक्षक सुरज कार्कीको सल्लाहलाइ सिरोधार्य गर्दै कार्यलय सन्चालन गर्नुको विकल्प देखिदैन ।





