cURL Error: 0 स्टेपवान एजुकेशन कन्सल्टेन्सीको चौथो शाखा बिर्तामोडमा उद्घाटन - पूर्व खबर

स्टेपवान एजुकेशन कन्सल्टेन्सीको चौथो शाखा बिर्तामोडमा उद्घाटन

बिर्तामोड, वैशाख ७
स्टेप वान एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले पूर्वका विद्यार्थीलाई लक्षित गर्दै बिर्तामोड–भद्रपुर रोडमा चौथो शाखा सञ्चालनमा ल्याएको हो।
दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा तथा शैक्षिक परामर्श प्रदान गर्दै आएको कन्सल्टेन्सीले पूर्वका विद्यार्थीको सहजताका लागि बिर्तामोडमा शाखा विस्तार गरिएको बिर्तामोड शाखाका व्यवस्थापक हेमन्त चौहानले जानकारी दिए।
उनका अनुसार कन्सल्टेन्सीले दक्षिण कोरियासँगै जापान, क्यानडा, बेलायत र अष्ट्रेलियालगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई पनि भाषा तथा शैक्षिक परामर्श उपलब्ध गराउनेछ।
चार वर्षअघि स्थापना भएको कन्सल्टेन्सीले हालसम्म काठमाडौं, धरान र इटहरीबाट सेवा प्रदान गर्दै आएको थियो। सोमबारदेखि बिर्तामोडबाट पनि सेवा सुरु गरिएको जनाइएको छ।
शाखाको उद्घाटन युवा व्यवसायी अर्जुन मैनालीले रिबन काटेर गरेका हुन्। कार्यालयमा पूजापाठपछि शाखा उद्घाटन गरिएको थियो।
कन्सल्टेन्सीले हालसम्म चार सयभन्दा बढी विद्यार्थीलाई दक्षिण कोरियाका जुङुवु, कङवोन नेशनल, तोङम्याङ र कोनयाङलगायत विश्वविद्यालयमा पठाइसकेको जनाएको छ। साथै, भाषा र शैक्षिक परामर्शसँगै त्यहाँको रहनसहन र वातावरणबारे पनि दक्ष प्रशिक्षकमार्फत जानकारी गराइने कन्सल्टेन्सीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *