राजकुमार ओली
विर्तामोड
विर्तामोडका युवा समाजसेवी राजकुमार घिमिरे -राजुको बाणिज्य सघंमा देखिएको उचाइले बजार तातिएको पाइएकोछ ।
विगत लामो समय देखि समाजसेवा सहित राजनितीक भुगोल देखि व्यावसायीक जिवनमा समेत सफल देखिएका घिमिरेको चुनावी चर्चाले विर्तामोडको बजार तातिएको हो ।
नेपाली काग्रेसका सक्रिय भइ इमान्दार कार्यकर्ताको इमेज बनाएका विर्तामोड ३ भगवान चोकका स्थायी बासिन्दा घिमिरे पछिल्लो समय,काग्रेस राजनिती परित्याग गरि राष्टिंय स्वतन्त्र पार्टीमा सक्रिय देखिनुभएको छ ।हाल राष्टिंय स्वतन्त्र पाटीै निकट कोशी प्रदेशको मबाणिज्य विभाग सदस्यको जिम्मेवारीमा रहेका युवा घिमिरे युवा तथा व्यावसायीहरुको विच समेत लोकप्रिय देखिएका युवा हुन ।
आउने फाल्गुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा नाम सार्वजनिक भएसगंै बाणिज्य सघंको छाताभित्र चर्चा चुलिएको हो ।नेपाल अलैची व्यावसायी महासघंका केन्द्रिय सदस्य समेत रहेका घिमिरेको परिवार विगत लामो समय देखि रवि बजारको सफल व्यापारी घरानाको परिवार हो ।
विर्तामोडमा रविबाट बसाँइ सरि आएको घिमिरे परिवारको वुवा समेत धार्मिक तथा सामाजिक छवि बनाउनु भएको सफल व्यावसायीको रुपमा चिनिनुहुन्छ ।लायन्स क्लवको अध्यक्ष देखि आधा दर्जन सघं सस्थांमा क्रियाशिल घिमिरेले विगतमा बाणिज्य सघंको कार्यसमिती सदस्य तथा बर्तमानमा उपाध्यक्षको भुमिकामा सक्रिय रहनुभएको छ ।
नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्ध व्यवसायीहरुको प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनालीको टिमबाट वरिष्ठ उपाध्यक्षमा घिमिरेको नाम सार्वजनिक भएको छ भने महासचिवमा कृष्ण पौडेलको नाम टुङ्गो लागेको हो । अर्का व्यवसायी ओम प्रकाश श्रेष्ठको पनि पदाधिकारीमै निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।
अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन् । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केहि व्यवसायीको नाम पनि चर्चामा छ । सघंको निर्वाचनमा युवराज निरौला, लक्ष्मी प्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।
स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवारहरु हिजो आज सदस्यता नविकरण तथा मतदातासँगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासंग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भईरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिए ।





