cURL Error: 0 सुमेरु सहकारीका सन्चालक खोज्न सिबिआइले गर्यो रेडकर्नर नोटिस - पूर्व खबर

सुमेरु सहकारीका सन्चालक खोज्न सिबिआइले गर्यो रेडकर्नर नोटिस

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ।

उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो।

सोही आधारमा अनुसन्धान भइरहेको र उनी सम्पर्कबाहिर भएकाले रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन हुनुभएको छ ।Dainiknepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *