cURL Error: 0 टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा …बर्खा स्मृति प्रतिष्ठानको नाममा ७० लाख लगानी - पूर्व खबर

टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा …बर्खा स्मृति प्रतिष्ठानको नाममा ७० लाख लगानी

बुद्धशान्तिमा हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आज बुधबारे स्थित प्रतिष्ठानको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

प्रतियोगिता यही फागुन २ गतेदेखि १२ गतेसम्म बुद्धशान्ति९३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिनुभएको छ ।

अमेरिकामा सडक दुर्घटनामा मृत्यु हुनुभएकी श्रीमती बर्षा प्रसाइको स्मृतिमा सन्चालन गरिएको प्रतिष्ठानले प्रतियोगिता सन्चालन गर्न लागेको प्रसाइले बताउनुभएको छ ।गुमाएको श्रीमतीको यादलाइ सामाजिक अभियानमा सक्रिय बनाउदैै अमर राख्ने लक्ष्यको साथ प्रतिष्ठान स्थापना गरिएको गत महिना अनुराधा कोइरालाको हातबाट उद्घाटन गरिएको प्रतिष्ठानले युवा लक्षित कार्यक्रम गर्न पनि यो खेल आयोजना गरिएको प्रसाइले बताउनुभएको छ ।
प्रसाइले प्रतिष्ठानको नाममा ७० लाख लगानी गरि २० लाखको भवन ,कार्यलय निर्माण गरेको कोषमा ५०लाख रुपैया छुटटाएको प्रसाइले पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

झापाका १५ वटै पालिकाको सहभागिता हुने प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताउनुभयो ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

पत्रकार भेटघाटमा अध्यक्ष प्रसाईंले निजी लगानीमा प्रतिष्ठानले क्रिकेटको विकासका लागि पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो ा।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङ, इन्दिरा फाउन्डेसनका अध्यक्ष सुसन पाठक, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेती, क्रिकेट अम्पायर विनित बास्तोला लगायतले प्रतियोगिता तयारीबारे जानकारी गराृउनुभएको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *