cURL Error: 0 हिकोला हेरिटेज होटलमै आएर ज्यान मार्ने प्रयास गरियो… सन्चालक श्रेष्ठ, - पूर्व खबर

हिकोला हेरिटेज होटलमै आएर ज्यान मार्ने प्रयास गरियो… सन्चालक श्रेष्ठ,

हिकोला हेरिटेजका सञ्चालक देविभक्त श्रेष्ठले काँकडभिट्टामा सञ्चालन गरिरहेको होटलमा स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।
आज विर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै सन्चालक श्रेष्ठले आफु र छोरा गौरव श्रेष्ठमाथि आक्रमण भएको बताउनुभएको हो ।
होटलको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको अघिल्लो दिन स्थानीय युवाहरुले आक्रमण गरेको श्रेष्ठको दावी छ ।

माघ २५ गते काँकडभिट्टास्थित होटलमा सन्चालक गौरव श्रेष्ठलाई स्थानीय केहि युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेजमा देखिन्छ ।
कुटपिटबाट उहाँको शरीरमा चोट समेत लागेको भिडियो र तस्विर सार्वजनिक भएको हो ।
होटल सञ्चालकमाथि कुटपिट भएपछि सन्चालकहरुले इलाका प्रहरी कार्यलय काकरभिटामा न्यायका लागि माग गर्दा समेत प्रहरीबाट असहयोग भएको आरोप लगाउनुभएको छ ।
प्रहरी प्रशासनमा न्यायका लागि माग गर्दा पनि सुनुवाई नभएको गुनासो सन्चालक श्रेष्ठले गर्नूभयो
होटलमा देखिएको विवाद र उठेको समस्या समाधान गर्न जिल्ला प्रशसन कार्यलय झापाले उहाँहरुलाई मेचीनगरपालिका पठाएको थियो ।

२६ गतेको छलफल अनुसार होटल सञ्चालक श्रेष्ठ आइतवार काँकडभिट्टा होटल पुगेका थिए ।
उहाँले बताउनुभए अनुसार आज पनि आफु माथि गाली गलौज र कुटपिट भएको आरोप छ ।। मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुव्र्यवहार भएको गौरवको आरोप हो ।

बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सञ्चालकहरुले काँकडभिट्टामा भएको घटनाको भिडियो नै सार्वजनिक गरेर देखाउनुभएको हो । भिडियोमा गौरवमाथि कुटपिट तथा दुव्र्यवहार भएको देखिन्छ ।

आफ्नै होटलको बोर्ड समेत हटाएर न्यू हिकोला लेख्ने काम भएको सन्चालकहरुको भनाई छ । होटल नै घरधनीसहितको समूहले हडप्ने योजना बनाएको सञ्चालक श्रेष्ठको आरोप छ । उहाँले सम्झौता अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गर्नुभएको हो ।
घरधनीबाट उल्टै करोडौ रुपैयाँ पाउनुपर्ने दावी गर्दै आएका सञ्चालक देविभक्त श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले हिसाव गर्दा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको पत्रकार सम्मेलनमा बताउनुभएको छ । ।

काँकडभिट्टाको घटनापछि आफ्नो परिवार समेत सुरक्षित जोखिम बढेको र परिवारको सुरक्षा समेत माग गर्नुभएको छ ।

हिकोलामा भएको घटना घरभाडासँग जोडिएको देखिएपछि आफुहरुले बास्तविकता बुझ्न कोशिस गरेको प्रत्यक्षदर्शी डिल्ली घिमिरेले बताउनुभयो ।आफुहरुल्ो दुइ पक्षको विवाद लामोसमय देखि हुदै आएको र सहमतिको प्रयास बारम्वार गरेको घिमिरे बताउनुहुन्छ ।

घरभाडा नपाएपछि सञ्चालक श्रेष्ठलाई भाडा दिन वा घर खाली गर्न काँकडभिट्टाका घरधनी पशुपति दाहालले डेढ वर्षदेखि आग्रह गरेको तर । घर भाडा नपाएपछि आफुले सवै निकायमा उजुरी गरेको तर आफुले कुनै अभद्र व्यावहार नगरेको बताउनुभएको छ ।
आफुले पटक–पटक घर खाली गर्न भन्दा नटेरेपछि यो घटनाक्रम अघि बढेको दाहालको दावी छ ।। दाहालले आफुमाथि अन्याय भएपछि गाउँलेले सहयोग गरेको तर आफुहरुले कुनै बदमासी नगरेको दावी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *