cURL Error: 0 राजु घलेको सहजीकरणमा उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन - पूर्व खबर

राजु घलेको सहजीकरणमा उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज सोमबार बिर्तामोडमा राजु घलेको सहजीकरणमा एक दिवसीय उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको आयोजना एवम् बिर्तामोड कार्यालयको ब्यवस्थापनमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

बिर्तामोड सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक उत्तम खनालको अध्यक्षतामा सञ्चालित सदस्य शिक्षा कार्यक्रमको औचित्यसहित संस्थाका सचिव राजेन्द्र दाहालले शाब्दिक स्वागत गरेका थिए ।

सो कार्यक्रममा उत्प्रेरक राजु घलेले करिब २ घण्टा जीवनका अनेकन पक्षहरु केलाउँदै सुख, शान्ति, सन्तुष्टि, खुसी, सफलता वा असफलताका कारकहरुबारे प्रकाश पारेका छन् ।

‘जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष खुसी हो, खुसीको जति महत्व हुन्छ, पैसाको पनि हुँदैन’ भन्दै सहजकर्ता घलेले सहभागीहरुलाई पैसाले सबै चिज पूरा नहुने चेतना भरेका छन् ।

सहजीकरणका क्रममा उनले भने, ‘तपाईंका मनभित्र उब्जिएका कुराहरु नै सुख र दुखका कारणहरु हुन् । मन राम्रो छैन भने कहीँ पनि खुसी भेटिँदैन ।’

सयौं सदस्यले खचाखच भरिएको कार्यक्रम हलमा सञ्चालन गरिएको वित्तीय साक्षरता तथा उत्प्रेरणामुलक कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालले वित्तीय विवरणहरु माथि प्रकाश पारेका छन् ।

कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य गायत्रा लामिछानेले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *