cURL Error: 0 ब्याबसायिक प्यानलको उम्मेद्बारी घोषणा - पूर्व खबर

ब्याबसायिक प्यानलको उम्मेद्बारी घोषणा

बिर्तामोड उद्योग बाणिज्य संघको आगामी निर्वाचनका लागि लोकतान्त्रिक ब्यवसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । यहि फागुन १४ गते लाई तय गरिएको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक ब्यवसायीक प्यानलले आज बिर्तामोडमा पत्रकार भेटघाट मार्फत उम्मेदवार घोषणा गरेको हो ।

प्यानलले २१ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेको छ । प्यानलको तर्फबाट अध्यक्षमा राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सञ्जिव घिमिरे, उद्योग उपाध्यक्षमा बिशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागांई, महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल, सह–कोषाध्यक्ष तिलोतम खत्रीको उम्मेद्वारी घोषणा गरिएको हो ।

त्यसैगरी सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशिला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेद्वारको रुपमा घोषणा गरिएको छ ।

उम्मेद्वारको घोषणा प्रचारप्रसार समितिका संयोजक बलराम कार्कीले उम्मेद्वार घोषणा गरेका हुन् ।

मुल चुनाव प्रचारप्रसार समितिका संयोजक भोजराज सिटौलाको अध्यक्षता तथा नेपाली कांग्रेस झापा अध्यक्ष देउकुमार थेवेको प्रमुख आतिथ्यमा उम्मेद्वार घोषणा गरिएको थियो ।

घोषणा कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, संघका वर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, कांग्रेस झापा सचिव कृष्ण हुमागाँई, कांग्रेस झापा कोषाध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, देवी माबि ब्यवस्थापन समितिका अध्यक्ष आशिष बनलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिवका उम्मेद्वार कुशल खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *