पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।
चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा यात्रुबाहक बस दुर्घटना भएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । घाइतेको उद्धारका लागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटनास्थल पुगेका थिए । घाइतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा लगिएको छ ।
३३ जनाकाे उद्धार गरिएकाेमध्ये नौ जनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए । मृतक र घाइतेको अझै सनाखत भएकाे छैन । बसमा तीन जना स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए ।nayapatrika bata





