cURL Error: 0 विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण - पूर्व खबर

विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण

बिर्तामोड-वीरता लेडी जेसीजले बुधबार बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा-६ का नानीबाबुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालय प्रवेश गरेका नानीबाबुका लागि लेडी जेसीजले शैक्षिक सामग्री वितरण गरेको हो ‌।

नयाँ भर्ना हुन आएका विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो ।

लेडी जेसीजको टोली विद्यालय पुगेर प्रधानाध्यापक डम्बरप्रसाद यादवलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हाे ।

नयाँ भर्ना हुन आएका विद्यार्थीले लेडी जेसीजका तर्फबाट ब्याग, कपी, पेन्सिल लगायतका सामग्री प्राप्त गरेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, पशुपति युवा समूहका अध्यक्ष घनेन्द्र डाँगी, वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष संगीता गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकरलाल चौधरी लगायतले आ-आफ्नो धारणा राख्नुभएको छ ।

लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा भएको कार्यक्रमकाे सञ्चालन महासचिव मुना ढुंगेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *