cURL Error: 0 स्रष्टा रेखा सुवेदी तुलसादेवी स्मृति पुरस्कारबाट पुरस्कृत हुँदै - पूर्व खबर

स्रष्टा रेखा सुवेदी तुलसादेवी स्मृति पुरस्कारबाट पुरस्कृत हुँदै

बिर्तामोड। स्वर्गीय तुलसा देवी न्यौपाने स्मृति पुरस्कारबाट साहित्यकार रेखा सुवेदी पुरस्कृत हुने भएकी छिन्। नेपाली साहित्यको लेखनमा विशिष्ट योगदान पुर्याएकी मोरङकी रेखा सुबेदीलाई स्वर्गीय तुलसा देवी न्यौपाने स्मृति पुरस्कारबाट प्रस्तुत गर्न लागिएको हो। साहित्य कला सङ्गम दमकले आउने चैत १० गते एक समारोहको बीच साहित्यकार रेखा सुवेदीलाई सम्मान गर्न लागेको हो। साहित्य कला सङ्गम का महासचिव दीपक सुवेदीले मोरङका साहित्यकार रेखा सुवेदीलाई नगद ३५ हजार सहित उक्त न्यौपानी स्मृति पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको पूर्व खबरलाई बताउनुभयो। सोही अवसरमा नेपाली साहित्य लेखनमा योगदान पुर्याएका प्राडा देवी नेपाललाई समेत भवानी मिश्र पुरस्कारबाट समेत गर्ने तयारी गरिएको अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिनुभएको छ। साहित्य कला संगम झापाको दमकमा रही साहित्य संगीत कलाकारिता क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *