cURL Error: 0 लम्की स्किन को भ्याक्सिनबाट साढे तीन करोड भ्रष्टाचार - पूर्व खबर

लम्की स्किन को भ्याक्सिनबाट साढे तीन करोड भ्रष्टाचार

काठमाडौं । लम्पी स्किनको महामारीका कारण करीव ६५ अर्व बराबरको पशुबस्तु मरेको सरकारी तथ्यांक सार्वजनिक भईरहँदा सरकारले लम्पी स्किन महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि ११ लाख डोज भ्याक्सिन खरिदमा ३ कराड ३५ लाख भ्रष्टाचार भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको पशु सेवा विभागको आग्रहमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्टले खरिद गरेको लम्पी स्किन भ्याक्सिनमा सो रकम भ्रष्टाचार भएको हो ।

विश्व वैकको ऋण सहयोगमा सञ्चालित सो परियोजनाले पशु सेवा विभागकै आग्रह अनुरुप लम्पी स्किन महामारी न्यूनिकरण गर्नका लागि टर्कीमा उत्पादन गरिएको ११ लाख डोज भ्याक्सिन सुनगाभा भेट फर्मासँग खरिद गरिएको परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा केशव भट्टले जानकारी दिएका हुन् । १० लाख डोज भ्याक्सिन खरिद गर्ने भनिएको भएता पनि भ्याक्सिनको माग बढेकाले ११ लाख डोज खरिद गरिएको डा भट्टले बताए ।

परियोजनाको बजेटबाट खरिद गरिएको ११ लाख डोज भ्याक्सिन आईतबार नै आईपुग्ने र पशु सेवा विभागलाई हस्तान्तरण गर्ने डा भट्टले जानकारी दिएपनि आईतबार राती अवेरसम्म पनि भ्याक्सिन पशु सेवा विभागलाई हस्तान्तरण नभईसकेकाले सोमबार मात्र जानकारी दिन सक्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले कृषि अनलाईनलाई जानकारी दिएका छन् ।

टेण्डर प्रक्रियामा खरिद गरिएको भएपनि भ्याक्सिन खरिदमा नीतिगत रुपमा नै भ्रष्टाचार भएको देखिएपछि पशु सेवा विभागका उच्च अधिकारीहरु भ्याक्सिन बुझ्न आनाकानी गरिरहेका छन् । भ्याक्सिन आयात गर्ने ठेक्का पाएको सुनगाभा भेट फर्माले अर्थ मन्त्रालय, विश्व वैकका केही उच्च कर्मचारीको समेत मिलेमतोमा भ्याक्सिन खरिद गर्नेसम्मको सेटिङ्ग मिलाएको र सोही सेटिङ्गका आधारमा टर्कीबाट भ्याक्सिन ल्याएको हो ।

तर भ्याक्सिन खरिदमा ३ करोड ३५ लाख अनियमितता गरेको देखिन्छ । भ्याक्सिन आयातकर्ताले स्पेसिफिकेसनमा जालझेल गरेर त्यत्ति ठूलो रकम हिनामिना गरेको मन्त्रालय श्रोतले बताएको छ । सो विषयमा सुनगाभा भेट फर्माका भरत पाण्डेसँग पटक पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन भने चाहेनन् ।

विश्व वैकको ऋण सहयोगमा सञ्चालित नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्टबाट भ्याक्सिन खरिद प्रक्रिया, स्पेसिफिकेशनदेखि मूल्यसम्मको जालझेलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानविन गर्नु जरुरी छ ।onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *