cURL Error: 0 महासंघले फागुन २१ मा केपी ओली रेस २०८० आयोजना गर्ने - पूर्व खबर

महासंघले फागुन २१ मा केपी ओली रेस २०८० आयोजना गर्ने

नेपाल खेलकुद महासङ्घ कोशी प्रदेशले केपी ओली रेस २०८० आयोजना गर्ने भएको छ। झापा र इलामको सिमाना मा रहेको सुखानी स्मृति पार्क मा फागुन २१ गते केपी ओली रेस २०८० आयोजना गर्न लागिएको हो। नेपाल खेलकुद महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले आउने फागुन २१ गते केपी ओली रेस आयोजना गर्न लागिएको र रेसमा प्रथम हुने पुरुष र महिला लाई ५१ हजार पुरस्कारबाट पुरस्कृत गरिने बताउनुभएको छ। त्यस्तै दोस्रो हुने पुरुष र महिलाको लागि ३१ हजार तृतीय हुनेलाई २१ हजार पुरस्कार राखिएको बताउनुभएको छ। केपी ओली रेस बिर्तामोड २ को चारपाने चोकबाट सुरु हुने र सुखानी स्मृति पार्कमा समापन हुने सचिव भीम लिवाङले पूर्वखवललाई बताउनुभएको छ। केपी ओली कप आयोजना गर्नको लागि विभिन्न कमिटीहरु बनाएको छ। रविन खरेलको संयोजनमा साउन्ड र स्टेज व्यवस्थापन समिति दिनेश सुवेदीको संयोजनमा मायाको चिनो मेडल पानी उपसमिति सरिना कार्की को संयोजनमा अतिथि सत्कार उपसमिति एवं आर्थिक व्यवस्थापन समितिमा राजकुमार थापाको संयोजनमा उपसमिति तयारी गरिएको महासङ्का केन्द्रीय प्रचार विभाग उपप्रमुख राजकुमार ओलीले बताउनुभयो। केपी ओली रेस झापा विद्रोहका योद्धाहरूको स्मरणमा फागुन २१ गते सुखानी स्मृति पार्क इलाम र झापाको बोर्डरमै आयोजना गर्न लागिएको केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले बताउनुभएको छ। केपी ओली रेसलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै आउने आयोजकले बताएको छ। रेस १० किलोमिटर लामो हुने र रेसमा ५०० धेरै खेलाडीहरुले भाग दिने महासंघका स्थायी कमिटी सदस्य चन्द्र प्रसाईले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *