cURL Error: 0 झापामा १२ जाने जुवाडे १२ बजे राति रंगे हात पक्राउ - पूर्व खबर

झापामा १२ जाने जुवाडे १२ बजे राति रंगे हात पक्राउ

रातको १२ बजे झापा प्रहरीले १२ जना जुहाडे पक्राउ गरेको छ।झापाको शिवसताक्षी नगरपालिका ११ स्थित नहरचौकमा जुवा खेलिरहेका १२ जना नगदसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गए मध्यराती करिब १२ बजेको समयमा शिवसताक्षी नगरपालिका– ११ स्थित नहरचौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो ।

घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी– ९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी– १० का ३६ वर्षीय रबिन राई, ३३ वर्षीय नवीन सेलिङ र ३१ वर्षीय बुद्वहाङ सिगु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै शिवसताक्षी– ७ का ४२ वर्षीय खडीबहादुर श्रेष्ठ, ३७ वर्षीय शिवोराज माबो, ५५ वर्षीय मोहनप्रसाद दुलाल, शिवसताक्षी– ४ का २२ वर्षीय राजेश कुमार ताजपुरिया पक्राउ परेको प्रहरी निरीक्षक गिरीले बताउँनुभयो । प्रहरीले जुवास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा, कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *