बिर्तामोडमा फुड फेस्टिवलको आयोजना हुँदै-

राजकुमार ओली। बिर्तामोड बिर्तामोडको सैनिक मोडमा फुड फेस्टिवलको आयोजना हुने भएको छ।
होटल व्यवसाय सङ्घ झापाले भोलि फागुन १७ गतेदेखिबाट फुड फेस्टिवल आयोजना गर्न लागेको अध्यक्ष इन्दिरा श्रेष्ठले बताउनुभएको छ।

पछिल्लो समय आर्थिक मन्दीका कारण होटल व्यवसायीहरूसमेत समस्यामा परेको कारणले पनि आफ्ना व्यवसायी हरु उदासीिन देखिएका थिए तर व्यवसायीहरुलाई उत्साहित बनाउन पनि यो फेस्टिभल आयोजना गर्न लागिएको श्रेष्ठ बताउनुहुन्छ।आर्थिक मन्दिरका कारण व्यापार व्यवसाय संकटमा परिरहेका बेला व्यवसायीलाई राहत दिने गरी फेस्टीवल आयोजना गरिएको संघको अध्यक्ष श्रेष्ठको भनाई छ ।
आउने चैत ७ गतेसम्म मेची आँखा अस्पताल सँगै जोडिएको खाली जमिनमा फुड फेस्टिभल आयोजना गर्न लागिएको महासचिव शिव पौडेलले पूर्व खबरलाई बताए। नेपाल तथा भारतका सिक्किम दार्जिलिङ मणिपुर आसाम सहित बर्मासम्मका आँखाका बिरामीहरु आउने यो सैनिक मोड क्षेत्रमा उनीहरूलाई नेपाली परिकार तथा झापाली होटलको प्रचार गर्ने लक्ष्यका साथ यो फेस्टिवल आयोजना गर्न लागिएको सङ्घका उपाध्यक्ष ख्याम ओलीले बताए आफूहरुले नेपालका होटल सफा सुन्दर र सस्तो र राम्रा छन् भन्ने देखाउनको लागि पनि यो क्षेत्र का विदेशी पाहुनाहरुलाई लक्षित गरी आयोजना गरिएको ओलीले जानकारी दिए।
यो क्षेत्रमा दैनिक १२०० देखि २२०० सम्म आँखाका बिरामीहरु तथा बिरामीका आफन्तहरू आउने र सेवा लिने गरेका छन्। यो क्षेत्रमा बिरामीका लागि सेवा दिने लक्ष्यका साथ ४० धेरै होटल खोलिएका छन्। आफूहरुले यो क्षेत्रमा फुड महोत्सव आयोजना हुँदा नेपाली खाना स्थानीय परिकार तथा सुन्दर सफा र राम्रा होटलको प्रचार गर्न महत्वपूर्ण भूमिका खेल्ने होटल व्यवसायी विकास खरेलले बताए

फेस्टीवलमार्फत स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम् रुपमा खपत गर्ने उद्देश्य पनि राखिएको छ । जावलाखेल गु्रप अफ इन्डस्ट्रिज प्रालिले सह प्रायोजन गरेको कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

फेस्टीभलमा सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती फेस्टीवलको उद्घाटन गर्ने कार्यक्रम छ । ३३ वटा स्टलहरु रहने उक्त महोत्सवमा करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाले अनुमान गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array