cURL Error: 0 गजल लेखनमा भविष्य खोज्दै -बरिष्ठ गजलकार सुमन स्मारिका, भिडियो सहित - पूर्व खबर

गजल लेखनमा भविष्य खोज्दै -बरिष्ठ गजलकार सुमन स्मारिका, भिडियो सहित

राजकुमार ओली, कन्काई सुरुङ्गा। युवा पुस्ताकी चर्चित गजलकार हुन् सुमन स्मारिका। सुदूरपश्चिम टिकापुरबाट गजल लेखनमा भविष्य खोज्दै साहित्य सिर्जनामा खारिएकी गजलकार सुमन स्मारिका आफैमा ठकुरी समुदायकी स्पष्ट वक्ता हुन्।

उनका गजलले युवा पंक्तिका भावना बोल्छन् देशको माटो बोल्छ। जेष्ठ आमाहरूको आँसु बोल्छ अनि अलि पर परदेशी जीवन भोग्दै गरेका नेपाली युवाहरूको वेदना बोल्छ। अनि त दर्शकको माझमा लोकप्रिय छिन्।
सुमन स्मारिका झापाको कन्काई सुरुङ्गामा आयोजित साहित्य कला महोत्सवमा निमन्त्रणा गरिएकी सफल गजलकार सुमन स्मारिकासँग पूर्व खबर अनलाइन टेलिभिजनले छोटो कुराकानी गर्ने मौका मिलाएको छ . युवा गजलकार स्मारिका
पछिल्लो समय स्टेज प्रोग्राममा निकै खोजीको विषय बनेकी स्मारिका गजल वाचनमा बाँच्न खोज्दै छिन्। नेपाली साहित्यले उनको गजल लेखनलाई निकै सम्मानका साथ नियालिरहेको छ उनका गजलहरू स्पष्ट माटो बोल्ने प्रेमका बिम्बहरु लाई दर्शकको मनसम्म छुने गरी पुर्याउनु कला र क्षमता मान्छन् दर्शकहरु।
अनि त उनका गजल सुन्न हल भरिभराउ हुन्छन् मञ्च भरिन्छन् अनि खोजिन्छन् लेखनको सम्भावना।
यही लेखनको खोजीको विषयमा केन्द्रित रहेर पूर्व खबर अनलाइन टेलिभिजनका सम्पादक ओलीले गरेको कुराकानीको छोटो अंश यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *