cURL Error: 0 केपी ओली रोडरेसलाई अर्जुनधारा जेसीसले जुस र फलफुल सहयोग गर्ने - पूर्व खबर

केपी ओली रोडरेसलाई अर्जुनधारा जेसीसले जुस र फलफुल सहयोग गर्ने

राजकुमार ओली सुखानी स्मृति पार्क इलाम

फागुन २१ मा आयोजना गर्न लागिएको केपी ओली रोडरेस २०८० को सम्पूर्ण तयारी पूरा भएको छ।
आज नेपाल खेलकुद महासङ्घ कोशी प्रदेशको अध्यक्ष राजकुमार थापाको टिमले सडकको अनुगमन गर्दै उक्त तयारी पूरा गरेको बताएको हो। नेकपा एमाले को जन्मभूमि सुखानी स्मृति पार्क मा सहितको सम्झनामा आयोजना गर्न लागिएको केपी ओली रोडरेस को सम्पूर्ण तयारी पूरा गरिएको थापाले पूर्व खबरलाई बताउनुभएको छ।
एक हजार धेरै धावकहरू ले सहभागिता जनाउने उक्त केपी ओली रोड रेसमा बिर्तामोडको चारपाने चोकबाट अर्जुनधारा मन्दिर हुँदै ब्रिरिङखोला हुँदै मदनपुर भएर खुदुनाबारी बजार हुँदै माई नगरपालिकाको सुखानी स्मृति पार्क सम्मको ११ किलोमिटर रुड तयार गरिएको नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले जानकारी दिनुभएको छ। सोही अवसरमा रोडरेसलाई सहयोग गर्न अर्जुनधारा जेसिस र युवा क्लबले धावकको लागि पानी र जुसको व्यवस्थापन गर्ने बताएको छ।

इलामको सुखानी स्मृति पार्क सम्मको म्याराथन मा अर्जुनधारा जेसिज र अर्जुनधारा युथ क्लबले पानी तथा फलफूल वितरण गर्ने कार्यक्रम राखेर सहयोग गर्ने सम्झौता गरिएको नेपाल खेलकुद महासङ्घ झापाका अध्यक्ष तथा स्वयंसेवक संयोजक भवानी बरालले जानकारी दिनुभएको छ। रोड रेश् मा प्रथम हुने पुरुष र महिलालाई ५१ हजार ले पुरस्कृत गरिने आयोजकका दिनेश सुवेदीले जानकारी दिनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *