cURL Error: 0 तेल बोकेको ट्याङ्करमा अवैध सामान भएपछि पक्राउ - पूर्व खबर

तेल बोकेको ट्याङ्करमा अवैध सामान भएपछि पक्राउ

पेट्रोलियम पदार्थ बोकेको भारतीय ट्याङकरले भन्सार छलेर ल्याएको मोटरपाटर्स, कपडा र रंग मेची भन्सार कार्यालयले बरामद गरेको छ ।

आज साँझ पेट्रोलियम पदार्थ बोकेको एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्याङकरले चालक बस्ने बनोटमा उक्त सामानहरु ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।

जनकपुरका लागि इन्धन लिएर भारतबाट आएको ट्याङकरले अवैधरुपमा गाडीका मोटरपाटर्स, बच्चाको वेवीसुट र घरमा लगाउने विभिन्न कम्पनीका रंगहरु ल्याएकाले बरामद गरिएको उनले बताए ।

बरामद सामान सबै कति मुल्य बराबरको छ भन्ने अहिले नै यकिन नभएकाले भोलि मात्रै थाहा हुने सूचना अधिकारी कडेलको भनाई छ ।

अवैध सामान बोकेको भारतीय ट्याङकर भन्सार यार्डमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *