cURL Error: 0 सिम्रिक सहकारीले बाड्यो विध्यार्थीलाइ निशुल्क शैक्षिक सामाग्री र पोशाक - पूर्व खबर

सिम्रिक सहकारीले बाड्यो विध्यार्थीलाइ निशुल्क शैक्षिक सामाग्री र पोशाक

सिम्रिक सहकारी संस्था .ले अर्जुनधारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्याथीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

आज बुधबार एक कार्यक्रमका बीच सिम्रिकले अर्जुनधारा–४ मा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, विभागिय प्रमुख दुर्गा प्रसाद रिजाल, प्रेम बस्नेत (विजय), आई.टी अधिकृत विजय पाण्डेले संयुक्त रुपमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन ।

संस्थाका अध्यक्ष भट्टराईले पोशाक हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तरलाई बृद्धि गर्न संस्था सदैव लागि पर्दै आएको बताउँदै उनले संस्थाले चालु आ.व.मा मात्र ५०० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय पोशाक, शैक्षिक सामाग्री तथा स्कूल ब्याग वितरण गरिसकेको बताए ।

साथै उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा संस्थाले प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको जानकारी दिए ।

संस्थाका अध्यक्ष भट्टराईको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद पौडेलले गरेका थिए ।
कार्यक्रमको संचालन संस्थाका विभागिय प्रमुख प्रेम बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *