cURL Error: 0 संयुक्त महिला आवाज नेपाल बाट प्राचार्य बराल सम्मानित - पूर्व खबर

संयुक्त महिला आवाज नेपाल बाट प्राचार्य बराल सम्मानित

राजकुमार ओली माईधार झापा
संयुक्त महिला आवाज नेपाल झापाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी विदुषी बिन्दा देवी बराललाई सम्मान गरेको छ।
नेपाली महिलाहरूको शिक्षा स्वास्थ्य तथा जनजीवनमा प्रभाव देखिनेगरी उल्लेख्य योगदान पुर्‍याउने शिव शतासी १० का कन्या गुरुकुलकी प्राचार्य बिन्दादेवी बराललाई सम्मान गरिएको हो। बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको संयुक्त महिला आवाज नेपालले अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसर पारी लाई सम्मान गरिएको संस्थाकी अध्यक्ष शिखा खड्का गणेशले पूर्व खबरलाई बताइन।
सम्मानित बरालले झापाको माईधारमा रही महिला गुरुकुल स्थापना गरी संस्कृत साहित्य र शिक्षाको प्रचार प्रवर्धन तथा महिलाहरूको अभियानमा महत्वपूर्ण भूमिका खेलेको मूल्याङ्कन गर्दै सम्मान गरेको केन्द्रीय सचिव अनिता रेग्मीले जानकारी दिइन्।
पछिल्लो समय झापाका महिलाहरूलाई गुणस्तरीय शिक्षा स्वास्थ्य र आत्मरक्षाको निम्ति आएको संयुक्त महिला आवाज नेपालले बिर्तामोडमा केन्द्रीय कार्यालय खोली मानवीय सेवा गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *