cURL Error: 0 १३ अर्ब हिनामिना भएको भन्दै झापा प्रहरीलाई ज्ञापन - पूर्व खबर

१३ अर्ब हिनामिना भएको भन्दै झापा प्रहरीलाई ज्ञापन

प्रहरि कल्याणकारी कोषको १७ अर्ब भन्दा बढी रकममध्ये झण्डै १३ अर्ब रुपैयाँ रकम हिनामिना भएको भन्दै नेपाल पूर्व प्रहरी संगठनले देशका ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुलाई ज्ञापन पत्र दिएको छ ।

केन्द्रीय निर्देशन बमोजिम संगठन झापाले पनि जिल्ला प्रहरी कार्यालय झापालाई बिहीबार कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो । केन्द्रीय सदस्य मदन गोपाल सुब्बा र झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा जिल्ला भरिका पूर्व प्रहरी संगठन सदस्यको एक टोलीले इन्सपेक्टर एशोधा घलेलाई ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा २०४९ देखि २०६९ भदौ सम्मको कल्याण कोषको आय–व्याय हिसाब–किताब संगठन पदाधिकारिको रोहबरमा छानविन समिति गठन गर्नुपर्ने, कल्याणकारी कोषको रकम ४०% वहालवाला प्रहरीको लागि, ४०% रकम पूर्व प्रहरीका लागि र २०% रकम आयमूलक कार्यमा खर्च गर्नुपर्ने लगायतका विभिन्न ६ बुँदे मागहरु उल्लेख गरिएका छन् ।

विगत ३० वर्षदेखि अहिलेसम्म १७ अर्ब भन्दा माथि कोषमा रकम रहनु पर्नेमा केवल ४ अर्ब मात्र रहेको र बाँकी रकम हिनामिना भएको पूर्व प्रहरी संगठनको ज्ञापन पत्रमा उल्लेख छ । माग पूरा नगरी आलटाल गरेमा आन्दोलनसहित न्यायिक निकायसम्म जाने संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *