cURL Error: 0 राससका सम्पादक पाठक सम्मानित - पूर्व खबर

राससका सम्पादक पाठक सम्मानित

काठमाडौं, १८ फाल्गुन

बागलुङ । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक एकराज पाठक सम्मानित हुनु भएको छ।

शुक्रबार बागलुङमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले उहाँलाई पुरस्कार समर्पण गर्नु भएको हो। पुरस्कारको राशि रु १० हजार छ।

२००८ सालमा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक र प्रकाशक ओमकार गौचनको नाममा स्थापित सो पुरस्कार पहिलोपटक राससकर्मी पाठकलाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए।

तीन वर्षअघि दिवंगत भएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुन्। २०४८ सालको संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ–३ को सांसदमा निर्वाचित हुनु भएको थियो।

समाजसेवामा पनि उत्तिकै क्रियाशील उनले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गर्नु भएको थियो। पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो,ु ‘नयाँ विश्व’का प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठले बताउनु भयो।

२०३१ सालमा बागलुङमा जन्मेका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनु हुन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उहाँसँग सोही विषय अध्यापनको अनुभवसमेत छ ।

पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेखरचना प्रकाशित छन्।२०५६ सालमा समाचारदाताका रुपमा राससमा सेवा आरम्भ गर्नुभएका पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा हुनु हुन्छ।

कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।nayabiswabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *