cURL Error: 0 मिक्लाजुङमा सिम्रिकको स्वास्थ्य शिविर - पूर्व खबर

मिक्लाजुङमा सिम्रिकको स्वास्थ्य शिविर

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ ।
मोरङ्ग जिल्ला मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी श्र
सूर्य प्रसाद रिमाल को राजपत्र सहकार्यमा मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारी स्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य उपचारमा सबैको समान पहुँच हुनुपर्ने कुरालाई संस्थाले विशेष प्राथमिकतामा राख्दै स्वास्थ्य सम्बन्धी कार्य गर्दै आएको र सोही अनुसार नै शिविर संचालन गरिएको कुरा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।
शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, ई.सि.जि. सेवा, ल्याब (प्रयोगशाला) को सुविधा विशेषज्ञ डाक्टरहरुबाट प्रदान गरिएको साथै औषधी समेत निःशुल्क वितरण गरिएको कुरा संस्थाका अध्यक्ष सुवास भट्टराई जानकारी दिए ।

शिविरमा २८१ जना महिला र १६४ पुरुष गरी जम्मा ४४५ जना स्थानियहरुले प्रत्यक्ष रुपमा सुविधा लिएको र शिविरमा उपचार हुन नसकेका ५५ जना विरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको कुरा नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ्ग अफिसर नविन दाहालले जानकारी गराए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा संचालित शिविरमा मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष श्री पूर्ण बहादुर कुँवरले प्रमुख अतिथिको आतिथ्यता गर्दै स्थानिय तहसँग समन्वय गर्दै सिम्रिक सहकारी र नोबेल मेडिकल कलेजले पु¥याएको सहयोगलाई धन्यवाद ज्ञापन गर्दै समुदाय प्रेरित कार्यहरुका लागि स्थानिय सरकार सदैव साथमा रहेको अवगत गराएका थिए ।

कार्यक्रममा संस्थाका सचिव इन्द्र बहादुर कार्कीले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका विभागिय प्रमुख प्रेम बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *