cURL Error: 0 भद्रपुर जेसिसले गर्यो रचानात्मक कार्यक्रम - पूर्व खबर

भद्रपुर जेसिसले गर्यो रचानात्मक कार्यक्रम

भद्रपुर जेसीजको आयोजनामा तथा भद्रपुर जुनियर जेसीको सह(आयोजनामा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
झापाको भद्रपुर मा आयोजित प्रशिक्षण तथा अन्तरर्किया कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता भद्रपुर जेसीजका अध्यक्ष दिपक पाण्डेले गर्नुभएको कार्यक्रममा भद्रपुर नगरपालिका ८ का अध्यक्ष श्री गौरव सुब्बा मनोज, भद्रपुर जेसीजका पुर्ब अध्यक्ष , नेपाल जेसीजका प्रशिक्षक प्रवेश दुलाल, भद्रपुर जेसीजका बोर्डका पदाधिकारीहरु मातृ शाखा कचनकवल जेसीजका अध्यक्ष बेनुपराज प्रसाईं लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै आउने वर्षहरुमा भद्रपुर जेसिस नेपालकै नमुना जेसिस बन्ने गरि काम गर्न सुझाव दिनुभएको थियो ।
भद्रपुर७ का वडाध्यक्ष एवं भद्रपुर जेसीजका पुर्व अध्यक्ष अभिषेक ढुंगानाले आफ्नो योजना नेपालकै नमुना जेसिस बनाउन लागिपरेको बताउनुभएको छ कार्यक्रममा भद्रपुर जेसीजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुरज श्रेष्ठले स्वागत गरेको कार्यक्रममा , जेसीज आस्था बाचन कानुनी सल्लाहकार सुरेन्द्र खडका हिमालले राख्नु भएको थियो भने कार्यक्रम संचालन सचिव शेखर बुढाथोकीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *