cURL Error: 0 मधेश सरकारमा सहभागी हुँदै एमाले - पूर्व खबर

मधेश सरकारमा सहभागी हुँदै एमाले

मधेश प्रदेश सरकारमा चार मन्त्रालयसहित नेकपा एमाले आज सहभागी हुने भएको छ।

मुख्यमन्त्रीको माग गर्दै आएको एमालेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा सांस्कृतिक मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको माओवादीका केन्द्रका एक नेताले बताए।

माओवादी केन्द्र मधेश प्रदेशका संसदीय नेता भरतप्रसाद साहले आज एमाले सरकारमा सहभागी हुने सहमति भएको बताए। मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस संयोजक सीताराम अग्रहरिका अनुसार आज दिउँसो ३ बजेपछि नयाँ मन्त्रीको शपथग्रहण हुने कार्यक्रम तय भएको छ।

मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गर्न लागे पनि कांग्रेसका मन्त्रीले अहिलेसम्म सरकार छोडेको छैन। केही दिनअघि मुख्यमन्त्रीले राजीनामा मागेपछि कांग्रेसका मन्त्रीले आफूहरूले राजीनामासँगै विश्वासको मत पनि फिर्ता लिने बताएका थिए। त्यसपछि मुख्यमन्त्री यादवले उनीलाई बर्खास्त नै नगरी एकलौटी सरकार पुनर्गठन गर्न लागेका हुन्। naya patrika bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *