cURL Error: 0 फुटबलको उपाधि वडा नं. ४ लाई-मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया - पूर्व खबर

फुटबलको उपाधि वडा नं. ४ लाई-मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया

मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० अन्तर्गत महिला फुटबल खेलको उपाधि मेचीनगर ४ ले चुमेको छ ।

मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा मेचीनगर ३ लाई १(० गोल अन्तरले पराजित गर्दै मेचीनगर ४ ले उपाधि जितेको हो ।

काँकरभिट्टा खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ४ को तर्फबाट खेल सुरू भएको ४ औं मिनेटमा रोजिन न्यौपानेले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा दुवै टिमका खेलाडीले आफुले पाएको अवसरहरू सदुपयोग गर्न सकेनन् । पहिलो हापमा आक्रमक बनेको वडा नम्बर ४ ले दोस्रो हापमा रक्षात्मक खेलेको थियो । यता मेचीनगर ३ ले दोस्रो हापमा आक्रमक खेल्दै थुप्रै अवसरहरू सृजना गरेको थियो । तर, अवसर सदुपयोग गर्न नसक्दा उपविजेतामा सिमित बन्न बाध्य भयो ।

मेचीनगरका पन्द्रवटै वडा सम्मेलित महिला फुटबल खेलको उपाधि विजेता मेचीनगर ४ ले नगद ३० हजारसहित ट्रफी प्राप्त गर्यो । यता उपविजेता बनेको मेचीनगर ३ ले १५ हजारमा चित्त बुझायो ।

विजेता तथा उपविजेता टिमलाई आज प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० को समापन सत्रमा पुरस्कृत गरिने मेचीनगरका बरिस्ठ प्रशासकीय अधिकृत तथा मेचीनगर खेलकुद विकास समिति सदस्य सचिव अनन्त प्रकाश वस्तीले जानकारी दिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच रोजिन न्यौपाने घोषित भइन् । उनले नगद २ हजार सहित ट्रफी प्राप्त गरिन् ।

पुरूष तर्फको फाइनल खेल मेचीनगर २ का बिरूद्ध मेचीनगर ६ का बिच आज दिउँसो २ बजेदेखि हुने मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *