cURL Error: 0 अवस्था बदल्न अहिलेको व्यवस्था परिवर्तन गर्नु पर्छ : अध्यक्ष लिङदेन - पूर्व खबर

अवस्था बदल्न अहिलेको व्यवस्था परिवर्तन गर्नु पर्छ : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्ने बताएका छन् । शनिवार झापाको बिर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले भने , जनतामा भएकाे निराशालाई आशामा बदल्नका लागि अहिलेको व्यवस्था परिवर्तन आवश्यक छ ।

शिक्षा, स्वास्थ्य र राेजगारबाट बञ्चित हुनका साथै एउटा सामान्य जनता राेग पालेर बस्नु पर्ने अवस्थामा याे व्यवस्था रहेकाे हुनाले यसलाई वदल्नुकाे विकल्प नरहेकाे उनको भनाइ छ ।

राज्यले स्वास्थ नि:शुल्क गर्नु पर्ने ठाउँमा एउटा गरिव परिवारकाे सदस्य विरामी भएर अस्पताल जाँदा जाति भए पछि फेरि विल हेरेर ढल्नु पर्ने अवस्था रहेकाे भन्दै लिङदेनले अब देश बनाउने काममा राप्रपाले नेतृत्व गर्ने बताए।

मिटरव्याज, सहकारी ठगी लगायत बित्तिय समस्यामा परेका नागरिकहरुको समस्या समाधानका लागि छुट्टै ‘बित्तिय समास्या समधान गर्न उच्चस्तरिय आयोग गठन गर्नु पर्छ,’ लिङदेनले भने, ‘बित्तिय रुपमा बिभिन्न समस्यामा पर्नु भएका सबै नागरिकको अभिभावक अब राप्रपा हुनेछ ।

बिर्तामोडस्थीत सिटि सेन्टरमा आयोजित सभामा राप्रपाका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, रबिन्द्र मिश्र, प्रबक्ता ज्ञानेन्द्र शाही लगयातका नेताहरुले अब यो व्यवस्थालाई धेरै दिन पाल्न नसकिने भन्दै नेपालीको अवस्था बदल्नका लागि व्यवस्था बदल्नु पर्ने धारणा राखेका थिए ।

राप्रपाका नेताहरुले चैत २७ गतेदेखि काठमाण्डौ केन्द्रीत हुने आन्दोलनमा सहभागि हुन सबै झापालीलाई अपिल समेत गरे । कार्यक्रम राप्रपा झापाका अध्यक्ष केशब ओझाको सभापतित्वमा सम्पन्न भएको थियो ।khabarkheti

Leave a Reply

Your email address will not be published. Required fields are marked *