cURL Error: 0 बिएनसी मेडिकल कलेजलाई सम्बोधन दिन सर्वोच्चको आदेश - पूर्व खबर

बिएनसी मेडिकल कलेजलाई सम्बोधन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चबाट आदेश भएको छ। सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासबाट तीनवटा रिटमाथि एकैपटक फैसला भएको हो।

न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको इजलासले प्रसाईंले दायर गरेका दुईवटा रिट जारी हुने फैसला गरेको छ। शशीविक्रम कार्कीले उक्त मेडिकल कलेजका तर्फबाट सञ्चालक प्रसाईंलाई विपक्षी बनाई दर्ता गराएको निवेदनमाथि भने कानुनबमोजिम गर्न आदेश भएको सर्वोच्चले जनाएको छ।

यसअघि काठमाडौं विश्वविद्यालयले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरे पनि चिकित्सा शिक्षा आयोगले दिएको थिएन। मेडिकल शिक्षा अध्यापनका लागि सरकारले प्रारम्भिक अनुमति (एलओसी) दिएको थियो। जसपछि त्यसैअनुसार विभिन्न बैंकहरूबाट अर्बौँको ऋण लिएर उनले संरचना बनाइसकेका छन्। तर, आयोगबाट अनुमति नपाएपछि उनी सर्वोच्च पुगेका थिए।

केयूले अनुमतिका लागि सिफारिस गरे पनि कलेजले अनुमति नपाएपछि प्रसाईंले २१ असार २०७७ मा विश्वविद्यालय, आयोगसमेतलाई विपक्षी बनाई रिट दायर गराएका थिए।nayapatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *