cURL Error: 0 एमाले झापा जिल्ला पार्टी कार्यालय मा मतदान हुँदै - पूर्व खबर

एमाले झापा जिल्ला पार्टी कार्यालय मा मतदान हुँदै

राजकुमार ओली।
चैत १९ बिर्तामोड झापा
नेकपा एमाले झापाको एघारौं अधिवेशनबाट धेरै पदमा सहमति नभएपछि चुनावी प्रक्रिया सुरु भएको छ।
आज सोमबार नेकपा एमाले जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भूगोल तहको निर्वाचन प्रक्रिया सुरु भएको हो। नेकपा एमाले जिल्ला कमिटी को बिर्तामोड क्लस्टरबाट भूगोल तर्फको सहमति नभएपछि चुनावी प्रक्रिया सुरु भएको छ ।
बिर्तामोड भूगोलमा १० जना जिल्ला कमिटीमा निर्वाचित हुने प्रावधान भएपनि ३० जना धेरैले उम्मेद्वारी दर्ता गराएपछि मतदान प्रक्रियाबाट टुङ्ग्याउने गरी निर्वाचन सुरु भएको हो।
बिर्तामोड भूगोलमा पाँच पुरुष तीन महिला एक युवा महिला र एक पुरुष सहित १० जना निर्वाचित हुनुपर्ने प्रावधान छ। तर पाँच पुरुषको ठाउँमा २२ जना पुरुषले उम्मेद्वारी दर्ता गराएका छन्। त्यस्तै तीन महिलाको कोटामा ७ जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ। त्यस्तै एक युवा पुरुष को स्थानमा एकजनाको मात्रै उम्मेद्वारी परेपछि बिर्तामोड नगरका उपसचिव प्रकाश लिङ्देन निर्वाचित बन्नुभएको छ। त्यस्तै एक युवा महिलाको ठाउँमा दुई महिलाको उम्मेदवारी परेपछि त्यहाँ पनि निर्वाचन को प्रक्रिया सुरु भएको सहजकर्ता एकराज कार्कीले जानकारी दिनुभएको छ।
आज दिनभरिमा चुनावी प्रक्रिया सकेर मतगणना समेत गरी घोषणा गर्ने तयारी गरिएको निर्वाचन मण्डलले पूर्व खबरलाई बताए। बिर्तामोड भूगोलबाट ११४ जना प्रतिनिधिहरूले ३० धेरै उम्मेदवारलाई मतदान गर्नुपर्नेछ। मतदानबाट पाँच पुरुष तीन महिला एक युवा महिला निर्वाचित हुने छन्।
चैत १५ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भव्य रुपमा उद्घाटन गरेको नेकपा एमालेको जिल्ला अधिवेशन बाट हालसम्म अध्यक्षमा प्रेमगिरी उपाध्यक्षमा शिव ढुंगेल तथा उपसचिवमा अनिता कन्दङबा सहित करिब ५० धेरै निर्वाचित भइसकेका छन्। १५० सदस्य कमिटी बन्ने नेकपा एमाले झापाको चुनावी प्रक्रियामा सचिव र एक उपसचिव पदमा एवं मेचीनगर बिर्तामोड कन्काई अर्जुनधारा लगायतका क्लस्टरमा चुनावी प्रक्रिया हुने भएको हो
हिजो आइतबार कन्काई नगरपालिकामा भएको निर्वाचनमा ५ जना उम्मेदवारहरू लाई निर्वाचित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *