cURL Error: 0 बुद्धशान्तीमा कानुन विपरीत विगत ६ वर्षदेखि खेताला शिक्षिका - पूर्व खबर

बुद्धशान्तीमा कानुन विपरीत विगत ६ वर्षदेखि खेताला शिक्षिका

झापाको बुद्धशान्तीमा कानुन विपरीत विगत ६ वर्षदेखि खेताला शिक्षिका राखेको पाइएको छ।

अघिल्लो ४ बर्ष सम्म बुद्धशान्तिकै अनिता काफ्लेलाई न्युनतम पारिश्रमिकतामा खेताला शिक्षिकाको रुपमा प्रयोग गरेकी हेमन्ता दाहाल भण्डारीले बिगत २ बर्ष देखि भावना अधिकारी (भट्टराई)लाई खेताला शिक्षिका को रुपमा कानुन विपरीत काममा लगाएको र श्रम शोषण समेत गरिएको पाइएको छ।

शुरुआत चरणमा हाल कार्यरत शिक्षिका भावना अधिकारी (भट्टराई) लाई मासिक ४०००/- पारिश्रमिकता दिने गरेको र हाल बढाएर ५ हजार रुपैयाँ दिने गरेको बुझिएको छ। हाल कार्यरत शिक्षिका भावना अधिकारी भट्टराई उक्त पदमा योग्य र लाइसेन्स प्राप्त शिक्षिका भएको भएपनि राजनीतिक आड र पहुँचका भरमा उनलाई श्रम शोषण गरेर त्यहाँको दरबन्दीमा रहेको तलब हेमन्ता दाहाल (भण्डारी ) ले लिने गरेको पाइएको छ।

यसअघि हेमन्ताले स्थानीय सुशीला रिजाल (निरौला) लाई समेत १५ महिना काम लगाएर पारिश्रमिकता नदिएको विषय समेत विशेष स्रोतबाट सुचना प्राप्त भएको छ।

यस विषयमा पालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले भने आफू अनविज्ञ रहेको बताएका छन। बेलाबेला अनुगमन गर्नुपर्ने तपाईंहरुको दायित्व होइन र ! भन्ने हाम्रो जिज्ञासाको जवाफ दिँदै निरौलाले भने,- “हामीले अनुगमन गरेका हौँ । निजि स्रोतबाट शिक्षिका राखेको भन्ने थियोे तर खेताला शिक्षिका राखेको बारे भर्खर सुन्दैछु।”

स्थानीय वासिन्दाका अनुसार स्थापनाकालदेखि नै हेमन्ताले अन्य व्यक्तिलाई शिक्षिकाको रुपमा खडा गर्ने गरेको तर तलब भने उनले आफैं लिने गरेको आरोप लगाएका छन्,। कानुनको दुरुपयोग गर्दै पटकपटक खेताला शिक्षिका प्रयोग गरेर श्रम शोषण गर्ने निज हेमन्तालाई कारबाही गरि उक्त पदमा हाल कार्यरत शिक्षिकालाई नियुक्त गर्न समेत स्थानीयले माग गरेका छन्।

हामीले यस विषयमा बुझ्नका लागि निज शिक्षिका हेमन्ता दाहाल (भण्डारी ), आदर्श माविका प्रधानाध्यापक करुण पराजुली , बालविकास केन्द्रका अध्यक्ष खगनाथ सापकोटा लगायतलाई सम्पर्क गरेका थियौं । तर आदर्श माविका प्रअको फोन रिसिभ भएन भने हेमन्ता दाहाल (भण्डारी ) र खगनाथ सापकोटाको फोन सम्पर्क हुन सकेन। khabarpatibata

Leave a Reply

Your email address will not be published. Required fields are marked *