cURL Error: 0 - पूर्व खबर

मेची उद्योग वाणिज्य संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गरेको छ ।
धुलाबारीमा सम्पन्न १९ औं वार्षिक साधारणसभामा संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार नगद २१ हजारसहित सम्मानपत्रबाट रासस प्रतिनिधि पत्रकार भण्डारीलाई पुरस्कृत गरेको हो । दुई दशक यता पत्रकारिता क्षेत्रमा सकृय महिला पत्रकार भण्डारीलाई आर्थिक बिषयमा उत्कृष्ट रुपमा कलम चलाएर योगदान पुर्याएकोमा पुरस्कृत गरिएको हो । भण्डारी लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिकमा लगायतका पत्रपत्रिकामा कार्यरत भइ हाल लोकतान्त्र पोष्ट अनलाइन पोर्टलको सम्पादक हुन् ।
यसैगरी, उत्कृष्ट कर्मचारीको रुपमा संघका एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार) लाई नगद १५ हजारसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ ।
साधारणसभाका प्रमुख अतिथि कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले पत्रकार भण्डारी र कर्मचारी खड्कालाई नगद, सम्मानपत्र र दोसल्ला ओडाएर समान गरेका थिए ।

प्रमुख अतिथि राउतले तयारी वस्तु आयातमा दोब्बर कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन सरकारसँग आग्रह गरेका थिए । निर्माणाधीन एसियन हाइवेले पनि बिकासक्रममा सुधार ल्याउने बताउदै उनले दीर्घकालीन अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्वमेयर विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक शाखा प्रमुख पदमबहादुर कार्कीलगायतले भूटान–बंगलादेश व्यापार बिस्तार गर्नुपर्ने, भारत जादा परिचय देखाउनै पर्ने झन्झटको सामना गर्नुपर्ने लगायत सिमा क्षेत्रका आम सर्वसाधारणको समस्या समाधान गर्न सरकारले भारतीय पक्षसँग बार्ता गर्न बाणिज्य संघले अगुवाइ गर्न आग्रह गरेका थिए ।
अध्यक्ष खेम प्रसाईले संस्थाले बर्षभरी गरेका गतिविधिको बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए भने समापन बरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *