cURL Error: 0 छुरा प्रहारबाट गम्भीर घाइते मुर्मको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटलमा उपचार सफल - पूर्व खबर

छुरा प्रहारबाट गम्भीर घाइते मुर्मको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटलमा उपचार सफल

छुरा प्रहारबाट गम्भीर घाइते बनेका बिर्तामोड–३ का २३ वर्षीय सुनिल मुर्मू भनिने सुनिराम मुर्मूको सफल उपचार भएको छ । झापाको बिर्तामोड–३ मा सञ्चालित स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले मुर्मूको सफल उपचार गरेको जनाएको छ । गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका थिए ।

अस्पतालले शुक्रवार आज पत्रकार भेटघाट गरी मुर्मूको स्वास्थ्य अवस्था सुधारउन्मुख भएसँगै अस्पतालबाट डिस्चार्ज दिएको जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भई अचेत अवस्थामा अस्पताल ल्याइएका मुर्मूको अत्याधिक रक्तश्रावका कारण रक्तचाप न्यून भएको, मुटुको धड्कन अत्याधिक तेज भएको सन्चालक डाक्टर प्रेम शाहीले बताउनुभएको छ ।

छातीको पछाडिको भाग तथा मेरुदण्डमा छुरीको गहिरो चोट साथै छुरा गाडिएकै अवस्थामै उनलाई अस्पताल ल्याइएका कारण जोखिम उच्च रहेको अस्पतालका मेडिकल डाइरेक्टर प्रेम वहादुर साहीले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । डा। साहीका अनुसार अस्पतालमा उपलब्ध भएको ट्रमा टिम, स्पाइन सर्जन, जनरल सर्जन, मेडिसिन चिकित्सक, एनेस्थेसिया डाक्टर लगायतको टिमको अथक मेहनतका कारण मुर्मूको उपचार सम्भव भएको हो ।

घाइते अवस्थामा अस्पतालमा ल्याइपु¥याएका मुर्मूलाई रगत चढाउने, अक्सिजन दिने, रगत जाँच गर्ने, हतियारको चोट पत्ता लगाउन सीटी स्क्यान लगायतका सबै परीक्षण तत्काल गरेर उपचार शुरु गरिएको डा। साहीले बताउनुभयो । समयमा अस्पताल आएका कारण मात्र उनको ज्यान जोगिएको हो उपचारमा सम्लग्न चिकित्सक डा। साही बताउनुहुन्छ ।

मुर्मूको उपचारका लागि झण्डै चारलाख रुपैयाँ खर्च भएको बताइएको छ ।

अस्पताल प्रशासनले जनाए अनुसार मुर्मू परिवारले हाल सम्म ५०र६० हजार रुपैयाँ मात्र रकम अस्पताललाई बुझाएका छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएका कारण स्पाइन अस्पतालमा मुर्मूको उपचार सम्भव भएको चिकित्सकको दावी छ ।

यता छुरा प्रहारामा सम्लग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छुरा प्रहार गर्ने कनकाई नगरपालिका १ का मनोज विकलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । पुरानो रिसिवीका कारण उनी माथि छुरा प्रहार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *