cURL Error: 0 पत्रकार शुद्धीकरणका नाममा भएका छिद्रहरुबारे गम्भिर ढंगले सोचेर मात्र अन्तिम निष्कर्षमा पुग्नुपर्नेमा जोड - पूर्व खबर

पत्रकार शुद्धीकरणका नाममा भएका छिद्रहरुबारे गम्भिर ढंगले सोचेर मात्र अन्तिम निष्कर्षमा पुग्नुपर्नेमा जोड

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको विकासमा राज्य सधैं अनुदार हुने बताएका छन् ।

झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहमा आवद्ध पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले लोकतन्त्रको रक्षाका लागि सञ्चार विकास जरुरी भएपनि राज्य पक्ष सधैं अनुदार भएको बताएका हुन् ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरेलले महिलाले पत्रकारितामा टिकिरहनका लागि प्रविधि पत्रकारिता (मोजो) थप प्रभावकारी हुने बताए ।

प्रविधिका कारण पनि महिलाहरुका लागि पत्रकारितामा चुनौति बढ्दै गएको बताउँदै अध्यक्ष पोखरेलले भने– ‘किचनमा खाना बनाउँदा बनाउँदै मोवाइलबाटै प्रकाशन÷प्रशारण गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक भइसकेको छ ।’

कोभिड पछि पत्रकारितामा महिलाहरुको उपस्थिति कमजोर बन्दै गएको उनको भनाई थियो ।

सरकारले ल्याउन लागेको मिडिया विधेयकमा महासंघ समावेशीतालाई प्राथमिकतामा राखेर महिलाको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव पेश गरेको जानकारी दिंदै अध्यक्ष पोखरेलले अधिकारको विषयमा अरुले कुरा उठाउँदाभन्दा आफ्नो अधिकारका लागि आफैं आवाज उठाउँदा दर्बिलो हुने सुझाव सुझाव दिए ।

महासंघको सदस्यता शुद्धीकरणको सन्दर्भमा भनाई, लेखाई र कार्यान्वयनमा जाँदा शुद्धीकरणको मर्म अनुसार हुन नसकेको हो कि भन्ने देखिएको बताउँदै अझै पनि सच्याउने ठाउँ रहेको उनको जिकिर थियो ।

सो अवसरमा नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहालले संस्था स्थापनाको पृष्ठभूमिबारे जानकारी गराएकी थिइन् ।

यस्तै, निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले नेपाली पत्रकारको अवस्था, नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषको उद्देश्य, औचित्य, अवस्था बारे जानकारी दिंदै पत्रकार शुद्धीकरणका नाममा भएका छिद्रहरुबारे गम्भिर ढंगले सोचेर मात्र अन्तिम निष्कर्षमा पुग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका अध्यक्ष गौतमले महिला पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिंइन् ।

नारी सञ्चार गृह झापाका सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा दिपा पोखरेलले शाब्दिक स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *