cURL Error: 0 पारिवारिक निजी वन सङ्घ नेपाल झापाको दोस्रो अधिवेशनबाट तामाङ निर्वाचित - पूर्व खबर

पारिवारिक निजी वन सङ्घ नेपाल झापाको दोस्रो अधिवेशनबाट तामाङ निर्वाचित

राजकुमार ओली
बिर्तामोड झापा

पारिवारिक निजी वन सङ्घ नेपाल झापा शाखाको दोस्रो अधिवेशनबाट शेरबहादुर तामाङको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ।

आज बिहीबार झापाको बिर्तामोड स्थित आदर्श ब्याङ्कोटमा आयोजित दोस्रो अधिवेशनले शेरबहादुर तामाङको अध्यक्षतामा १७ सदस्य झापा जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।

निर्वाचित जिल्ला कमिटीलाई पारिवारिक निजीवन सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सपथ ग्रहण गराउनु भएको थियो।
जिल्ला कमिटीको अध्यक्षमा तामाङ सहित उपाध्यक्षमा मानबहादुर कार्की, सचिवमा भानुभक्त घिमिरे, उपसचिवमा कृष्ण चुडाल र कोषाध्यक्षमा विन्दा रेग्मी निर्वाचित भएका छन्।
त्यस्तै
समितिको सदस्यहरूमा इन्द्र राजवंशी, अम्बिका पाठक, कृष्ण भट्टराई,रोमननाथ दाहाल, भूपराज लुइटेल, दमन्ता कोइराला, हरिकृष्ण अधिकारी, खगेन्द्र गर्तौला ,तारा बुढाथोकी, लक्ष्मी मैनाली, कमला घिमिरे, पिताम्बर राजबंशी र चेतनाथ राजबंशी रहेको निर्वाचन मण्डलका अध्यक्ष एवं सङ्घका उपाध्यक्ष लक्ष्मण पाठकले बताउनुभयो।

अधिवेशनलाई केन्द्रीय अध्यक्ष जोगराज गिरी सहित वनविज्ञ सुमन घिमिरे, एफोन नेपालका वरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे ,मेचीनगर नगरपालिकाकी अधिकृत एवं मनोविद सरस्वती मिश्र ओली, सामुदायिक वन महासङ्घ झापाका अध्यक्ष बेदप्रसाद भण्डारी, कोशिका अध्यक्ष गोपाल भट्टराई ,केन्द्रीय सदस्य भूमिका आचार्य लगायतले शुभकामना मन्तव्य राख्दै नेपालको वन अभियानमा पारिवारिक निजी वन सङ्घ नेपालको भूमिका महत्वपूर्ण र सफल देखिएको बताउनुभएको एफोन नेपालका कोशिका सचिव राजकुमार ओलीले जानकारी दिनुभएको छ।
झापासहितका नेपालका ६८ जिल्लामा आफ्नो शाखा विस्तार गरेको यस संस्थाले नेपाल सरकारलाई वन ऐन र वन नियमावलीका विषयमा बुलन्द आवाज उठाइरहेको र निजी वन किसानका काठ दाउरालाई धान, गहुँ ,मकै बिक्री गर्न पाएजस्तै बेच्न पाउनुपर्ने माग राख्दै आएको छ।

पछिल्लो समय चुरे क्षेत्रका नदी किनारका क्षेत्रका पीडित किसानलाई वन अभियानबाट आर्थिक उपार्जनमा सबलीकरण भूमिका खेल्ने लक्ष्यका साथ काम गरिरहेको एफोन नेपालले झापाका रतुवा कन्काई बिरिङ्ग मेची नदीको पीडित र प्रभावित किसानलाई निजी वन वन लगाउन भूमिका खेल्दै अभियान सुरु गरेको देखिएको छ।

अधिवेशन झापाका अध्यक्ष लक्ष्मण पाठकको सभापतित्वमा तथा शेरबहादुर तामाङको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *