cURL Error: 0 नेल्टाले सुरु गर्यो झापामा पुस्तकालय व्यवस्थापन तालिम शुरु - पूर्व खबर

नेल्टाले सुरु गर्यो झापामा पुस्तकालय व्यवस्थापन तालिम शुरु

नेल्टा झापाले बिर्तामोडमा पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सुरु गरेको छ।
झापाका विद्यालयहरूमा देखिएको पुस्तकालय सम्बन्धी समस्यालाई निर्मुलीकरण गर्नको लागि क्याम्पस र विद्यालय स्तरका लाइब्रेरी व्यवस्थापन गर्ने गरी तालिम सुरु गरिएको हो।

बैशाख १२ गतेसम्म महेन्द्ररत्न मावि अनारमनी विर्तामोडमा भइरहेको तालिममा झापाका विभिन्न विद्यालय, क्याम्पस र शैक्षिक प्रतिष्ठानका २५ जना पुस्तकालय संयोजक, पुस्तकालय प्रमुख तथा कर्मचारीको सहभागिता रहेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको सहयोगमा सञ्चालित तालिममा पुस्तकालयका लागि पुस्तक छनोट, पुस्तक खरिद प्रक्रिया, पुस्तक दर्ता प्रक्रिया, पुस्तक वर्गीकरण, पुस्तक रखाइ, पुस्तक वितरण र संरक्षणका बारेमा प्रशिक्षण केन्द्रित रहने तालिम संयोजक एवम् नेल्टा झापाका पूर्व अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए ।

सो तालिममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरका प्रमुख सागरराज सुवेदी र पुस्तकालय अधिकृत विजय शर्माले सहजीकरण गरिरहेका छन् । तालिममा संसारमा प्रचलित पुस्तकालय सञ्चालनका विविध प्राविधिक पद्धतिका सम्बन्धमा स‌ैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा प्रकाश पारिने आयोजक दीपक वाग्लेले जानकारी दिए ।

नेल्टा झापा अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख जीवन पोखरेल, विर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँ, महेन्द्ररत्न माविका प्रअ खड्ग खरेल, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक प्राध्यापक विष्णुकुमार रिजाल, इन्द्रचन्द्र बहुमुखी क्याम्पस विर्तामोडका पुस्तकालय व्यवस्थापन संयोजक स्वस्तिका आचार्य लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नेल्टा झापा सचिव केशव उप्रेतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *