इलाम २ को निर्वाचनलाई उल्लासमय बनाउने खेलकुद महासङ्घको तयारी

नेपाल खेलकुद महासङ्घले इलाम २ को निर्वाचनलाई उल्लासमय बनाउने तयारी गरेको छ।
भोलि बुधबार इलाम २ को अन्तिम आमसभाको रुपमा तयारी गरिएको चुलाचुलीको सभालाई भव्य र सभ्य बनाउने गरी तयारी गरिएको कोशी कमिटीका अध्यक्ष राजकुमार थापाले बताउनुभयो

आज झापाको दमकमा कोशी कमिटी को विस्तारित बैठकपछि इलाम २ को उपनिर्वाचनलाई जितमा बदल्ने गरी उम्मेदवार सुहाङलाई विजय गराउन सबै किसिमको तयारी गरिएको अध्यक्ष थापाले पूर्व खबरलाई बताउनुभयो।

नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटिको छैंठो विस्तारित बैठक , बाट भोलि हुने आमसभालाई समेत सम्पूर्ण तयारी पूरा गरिएको जानकारी गराएको थियो भने कोशी प्रदेशका सम्पूर्ण खेलाडी र सदस्यहरूलाई चुनावभरि परिचालन गर्ने तयारी गरिएको प्रचार विभाग उपप्रमुख राजकुमार ओलीले बताए।

यस कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष क.पर्शुराम बस्नेत ज्यु ,प्रदेश सभा सदस्य ओमबहादुर थापा ज्यु, प्रदेश अध्यक्ष क.राजकुमार थापा ,तथा महासंघका केन्द्रिय सदस्यहरु लागायतको उपस्थितिमा सम्पन्न भएको थियो।

इलाम क्षेत्र नं २ को उप निर्वाचनलाई केन्द्र मानेर ईलाम २ का उम्मेदवार सुहाङ नेम्बाङलाई अत्याधिक बहुमतका साथ जीत हासिल गराउन महासंघका सिंगो टिम इलाम २ मा साथ सहयोग गर्ने र सुहाङ नेम्बाङलाई केहि आर्थिक सहयोग समेत गर्ने निर्णय गरिएको कोशी कमिटीका सचिव भीम लिवाङले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array